प्रदेशस्तरीय स्क्वास सुरु

पोखरा ।
पोखरामा गण्डकी प्रदेशस्तरीय स्क्वास महिला तथा पुरुष प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशाला स्थित स्क्वास र्याकेट हलमा सोमबारदेखि सुरु भएको प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ ।
गण्डकी प्रदेश स्क्वास तथा र्याकेट संघको आयोजना र प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले गरे । उपाध्यक्ष गुरुङले दशौं राष्ट्रिय खेलकुद समयमा नहुँदाको अवस्थामा खेलाडीको निराशालाई चिर्न परिषदले प्रतियोगिता आयोजना गरेको बताए ।
स्क्वाससँगै अन्य प्रतियोगिता आयोजना गर्न खेल संघहरुलाई परिचालन गरिएको उनले सुनाए । यस प्रकारका प्रतियोगिताले खेलाडीमा उत्साह हुने मात्रै नभई प्रदेशको खेलकुद विकासका लागि समेत उत्तिकै महत्व राख्ने उनको भनाइ छ । गण्डकी प्रदेश स्क्वास र्याकेट संघका अध्यक्ष अशोककुमार रञ्जितको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता प्राविधिक समितिका संयोजक प्रविन पालिखे, संघका महासचिव कमल बस्नेत लगायतले खेलाडीको मनोभावना उच्च राख्न प्रतियोगिता निरन्तर हुनुपर्नेमा जोड दिए ।
प्रतियोगितामा गण्डकी प्रदेशका ५ जिल्लाका २० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक प्रकाश केसीले जानकारी दिए । जसमा ३ महिला र १७ पुरुष खेलाडी छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ ।









एआई तालिम
मनोहर कप ३० गतेबाट
सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया