फुटबल खेल सामग्री वितरण तथा प्रशिक्षण सुरु

पोखरा ।
युनाइटेड कम्युनिटी नेपाल (युनिकन) संस्थाले ‘फुटबल फोर फ्युचर’ कार्यक्रम अन्तर्गत कन्या माध्यमिक विद्यालय, पोखराका छात्राहरूलाई फुटबल खेल सामग्री वितरण गर्नुका साथै निःशुल्क प्रशिक्षण शुरु गरेको छ । संस्थाले प्रशिक्षार्थीहरुलाई जर्सी सेट, फुटबल बुट, मोजा, खुट्टामा लगाउने प्याड वितरण गर्नुका साथै विद्यालयको लागि ३ वटा फुटबल वितरण गरेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य सहभागीहरूको फुटबल सीप विकास गर्नुको साथसाथै कथा वाचन, व्यक्तिगत क्षमता विकास, लैङ्गिक समता, वातावरणीय उत्तरदायित्व र दिगोपनासम्बन्धी प्रशिक्षण गराइनेछ । पाँच ओटा विद्यालयमा छुट्टाछुट्टै सञ्चालन हुने यस प्रशिक्षणको अन्तमा पोखरा रंगशालामा उक्त विद्यालयहरुबीच प्रतिस्पर्धा गराइनेछ ।
संस्थाको उपाध्यक्ष जुनादेवी पुन तिलिजाले शुभकामना मन्तब्य राख्दै छात्राहरूको लागि यो एउटा सुनौलो अवसर भएको र यस प्रशिक्षण कार्यक्रमबाट फुटबलको आधारभूत सीप सिक्नुका साथै यस क्षेत्रमा कसरी करिअर बनाउन सकिन्छ भन्ने ज्ञान हासिल गर्न सकिने कुरा बताइन् ।
त्यस्तै, विद्यालयका प्रधानाध्यापक प्रेम बुढाथोकीले अनुशासित भएर सीप सिक्नुपर्ने कुरामा जोड दिए । साथै उनले खेलले पढाइ बिग्रन्छ भन्ने आम मानिसको बुझाई भएकाले खेलको साथसाथै पढाईलाई राम्रोसँग अगाडि बढाउन आग्रह गरे ।
एएफसि ‘सि’ लाइसेन्स प्राप्त प्रशिक्षक सुमन गुरुङले अनुशासनले मानिसलाई सफल बनाउने भएकाले अनुशासित भएर सिक्न आग्रह गरे ।
विद्यालयको अतिरिक्त समयमा सञ्चालन हुने उक्त कार्यक्रम छ महिनासम्म चल्नेछ भने उक्त प्रशिक्षण कार्यक्रममा कन्या माध्यमिक विद्यालयबाट २१ जना छात्राहरूको सहभागिता छ ।










चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
सडक सञ्जालमा जोडिँदै गुर्जा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया