युनिकनले दियो विद्यार्थीलाई खेल सामग्री

पोखरा । फुटबल खेलको विकासका लागि युनाइटेड कम्युनिटी नेपाल (युनिकन) संस्थाले कन्या मावि नदीपुरका विद्यार्थीलाई फुटबल खेल सामग्री वितरण गरेको छ । संस्थाको फुटबल फोर फ्युचर कार्यक्रम अर्न्तगत प्रशिक्षार्थी विद्यार्थीलाई जर्सी सेट, फुटबल बुट, मोजा, खुट्टामा लगाउने प्याड प्रदान गरिएको हो ।
विद्यालयका लागि ३ थान फुटबल प्रदान गर्नुका साथै फुटबल खेलका लागि विद्यार्थीलाई निःशुल्क प्रशिक्षण दिएको संस्थाका उपाध्यक्ष जुनादेवी पुन तिलिजाले जानकारी दिइन् । विद्यालयको अतिरिक्त समयमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रम ६ महिनासम्म चल्नेछ । कार्यक्रममा विद्यालयका २१ जना छात्राको सहभागिता छ ।
फुटबलको सीप विकासको अलवा कथावाचन, व्यक्तिगत विकास, लैंगिक क्षमता विकास, वातावरणीय उत्तरदायित्व र दिगोपनासम्बन्धी प्रशिक्षण प्रदान गर्ने उपाध्यक्ष तिलिजाले बताइन् । ५ विद्यालयमा छुट्टा छुट्टै रुपमा प्रशिक्षण सञ्चालन गरेर अन्त्यमा ती विद्यालय बीचको प्रतिस्पर्धा पोखरा रंगशलामा गराउने कार्यक्रम छ । संस्थाका उपाध्यक्ष तिलिजाले प्रशिक्षण छात्राहरुको लागि सुनौलो अवसर भएको उल्लेख गरिन् । उनले प्रशिक्षणबाट आधारभूत सीप सिकेर फुटबल खेलको करियर बनाउन सकिने दाबी गरिन् ।
विद्यालयका प्रधानाध्यापक प्रेम बुढाथोकीले अनुशासित भएर फुटबल खेलको सीप सिक्न सुझाव दिए । उनले खेलकुदले पढाइ बिग्रन्छ भन्ने आम मनिसको बुझाइ भएकाले खेलको साथ साथै पढाईलाई राम्रोसँग अगाडि बढाउन आग्रह गरे । कार्यक्रममा एफसी ‘सि’ लाइसेन्स प्राप्त प्रशिक्षक सुमन गुरुङले अनुशासनले मानिसलाई सफल बनाउने भएकोले अनुशासित भएर सिक्न विद्यार्थीलाई सुझाव दिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया