क्रिकेटमा कास्की र नवलपुरको जित

पोखरा ।
गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी २० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हाँसिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा कास्कीले डिफेन्डिङ च्याम्पियन स्याङ्जा र नवलपुरले पर्वतलाई हराएका हुन् ।
पहिलो खेलमा कास्कीले स्याङ्जालाई ४ रनले हराएको छ । ९६ रनको विजयी लक्ष्य पाएको स्याङ्जालाई ९१ रनमा समेट्दै कास्कीले पहिलो जित हाँसिल गरेको हो । स्याङ्जाका लागि सीमाना केसी र कुशुम गोदारले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सिमानाले ४० बलको सामना गर्दै १ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाउँदै आउट भइन् । कुशुमले २४ बलमा १ चौका प्रहार गर्दै १७ रन जोडिन् ।
रविना बुढामगर ४ र रन्जना साउद ३ रनमा नटआउट रहिन् । आरमिना अधिकारी ६, सलिना सेन शुन्य, अपेक्षा बुढाथोकी शून्य, निरु जिटी शुन्य, ज्योत्सनिका मरासिनी १, सेरिना थापा ६, आकृति शून्यमा आउट भए । कास्कीको लागि सुशीला डिम्टुक र चन्द्रमाया बरालले समान २ तथा रचना चौधरी, यशोदा भुजेल र रिया तामाङले १/१ विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रनका बनायो । कास्कीको जितमा रेखा तामाङले ३३ रनको उत्कृष्ट पारी खेल्दै अविजित रहिन् । उनले ३७ बलमा ३ चौका प्राहर गरिन् । शिखा दवाडी १ रनमा नटआउट रहिन् ।
कास्कीकी सिर्जना पौडेलले ३५ रनको योगदान दिइन् । उनले ५७ बलमा १ चौका प्रहार गरिन् । श्रद्धा गुरुङ, चन्द्रमाया बराल समान २, रचना चौधरी शून्य, विन्दु ठकरी शून्यमा आउट भए । स्याङ्जाका लागि सीमाना केसीले ४ ओभरमा १४ रन खर्चदै सर्वाधिक ३ विकेट लिइन् । निरु जिटीले १ विकेट लिइन् ।
दोस्रो खेलमा नवलपुरले पर्वतमाथि ४६ रनको जित हाँसिल गरेको छ । ७७ रनको विजयी लक्ष्य पाएको पर्वतलाई ९.५ ओभरमा ३० रनमै अल आउट गर्दै नवलपुरले जित हाँसिल गरेको हो । पर्वतका लागि कुनै पनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन् ।
विपिशा विक १, गरिमा केसी शून्य, सुशीला भट्टराई ३, एन्जल अधिकारी १, योगिता केसी २, जीविका क्षेत्री ३, प्रतिभा खड्का ९, कृषा अखेली शून्य, अनुशा पौडेल १ र रिजिता चापागाईँ शून्यमा आउट भइन् । नवलपुरका लागि आयुषा चापागाईँँले ३.५ ओभरमा १ मेडनसहित १० रन खर्चेर सर्वाधिक ५ विकेट लिइन् । उनी खेलको वुमन अफ दी म्याच घोषित भइन् । यस्तै पूर्णिमा सुनारले २ तथा श्रेया शर्माले १ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नवलपुर १५.४ ओभरमा ७६ रनमा अल आउट हुन पुग्यो । नवलपुरका लागि धनकुमारी क्षेत्रीले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । उनले ४८ बलमा ३ चौका प्रहार गर्दै ३२ रनको योगदान दिइन् ।
मोनिका लामिछान ३, श्रेया शर्मा शून्य, श्रेया गिरी १, आयुषा चापागाईँ शून्य, पूर्णिमा सुनार ४, यमुना पंगेनी शुन्य, वर्षा सुनार ३, निहारिका शर्मा शुन्य, लिजा गुरुङ, जीविका क्षेत्री १ रनमा आउट भइन् । पर्वतका लागि प्रतिभा खड्का र कृषा अखेलीले समान २ तथा अनुसा पौडेल, जविका क्षेत्री र सुशिलाा भट्टराईले समन १ विकेट लिए ।







कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया