बालबालिकासँग मेयर आचार्य

समाधान संवाददाता २०८२ असार २१ गते १४:०७

पोखरा ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बालबालिकाहरूसँग साक्षात्कार गरेका छन् । महानगर बाल मञ्चसँगको समन्वयमा सामाजिक विकास महाशाखाद्वारा आयोजित महानगर बाल भेला तथा मेयरसँग बालबालिका कार्यक्रममा नगर प्रमुख आचार्यले बालबालिकाहरूसँग उनीहरूको सवालका विषयमा साक्षात्कार गरेका हुन् ।

सो अवसरमा उनले आफूहरू बालबालिकाहरूको अधिकार प्रति सचेत रहेको बताए । बालबालिकाहरूका मुद्धाहरु सम्बोधन गर्ने सवालमा आवश्यक नीतिगत र संरचनागत व्यवस्था गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए । बालबालिकाहरूलाई उनीहरूको नैसर्गिक अधिकारको प्रत्याभूति दिलाउँदै शिक्षा र स्वास्थ्यमा पहुँच स्थापित गरिएको उनले बताए ।

Advertisement

बालबालिकाहरूसँगको प्रत्यक्ष संवादले नयाँ ऊर्जा, विश्वास र सम्भावनाहरूको ढोका खोलिदिएको उनले बताए । बालबालिकाहरूका सरल र सारगर्भित प्रश्नहरूले गहिरो सन्देश बोकेको अनुभूति आफूलाई गराएको नगर प्रमुख आचार्यले बताए ।

बालबालिकाहरूको उत्सुकता, सुझाव र दृष्टिकोणले आफूलाई अझ जिम्मेवार, उत्तरदायी र दिगो नीति निर्माणतर्फ अघि बढ्न प्रेरित गरेको उनले बताए । पोखरा महानगरपालिका समावेशी नीति, गुणस्तरीय शिक्षा, सुरक्षित सहर र बालमैत्री संरचनाको प्रत्याभूति दिलाउने कार्यमा प्रतिबद्ध रहेको उनले बताए ।

Advertisement

कार्यक्रममा महानगर क्षेत्रमा क्रियाशील बालबालिकाहरू सम्बद्ध सङ्घसंस्थाहरूमा आबद्ध बालबालिकाहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया