गण्डकी प्रदेश महिला टी २० उपाधि स्याङ्जालाई

पोखरा । स्याङ्जा जिल्लाले गण्डकी प्रदेश टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो ।
उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । ५७ रनको विजयी लक्ष्य पाएको स्याङ्जाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पूरा ग¥यो । स्याङ्जाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खेलिन् । उनले २२ बलमा १ चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा अविजित रहिन् । उनले १३ बलमा १ चौका प्रहार गरिन् ।
ओपनर श्रेया शाह ५, सलिना सेन ६, ज्योत्सनिका मरासिनी ६ रनमा आउट भइन् । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १६ ओभरमा अलआउट हुँदै ५६ रनमात्रै जोड्न सफल भयो । कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । रेखाले २८ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । रचनाले २५ बलमा २ चौका प्रहार गरिन् ।
ओपनर सिर्जना पौडेल ५, विनिता नेपाली, शिखा दवाडी र रिया तामाङ ० मा आउट भए । वीनिता सिग्देल २, चन्द्रमाया बराल २ रनमा आउट हुँदा यशोदा भुजेल, सुशीला डिम्टुक पनि ० मै पेभिलियन फर्किए । सोनिमा पुन मगर ० मा नटआउट रहिन् । स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले ३ ओभरमा ६ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । सीमाना केसीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् ।
स्याङ्जाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनी खेलको वुमन अफदी म्याचसँगै उत्कृष्ट बलरसमेत घोषित भइन् । कास्कीका सिर्जना पौडेल उत्कृष्ट ब्याटर र सोनिमा पुन मगर उदियमान खेलाडी घोषित भइन् । ४ दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता थियो ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया