पोखरामा फुटसल प्रतियोगिता हुने, विजेतालाई १ लाख ७० हजार

समाधान संवाददाता २०८२ असार २२ गते १७:०७

पोखरा ।
बक्स पोखराको आयोजनामा पोखरामा असार २७, २८ र २९ गते फुटसल प्रतियोगिता हुने भएको छ । ‘खेलकुद युवाको शक्ति हो’ भन्ने नाराका साथ खुला फुटसल प्रतियोगिता हुन लागेको हो ।


प्रतियोगिता आयोजना गर्न करिब ७ लाख खर्च हुने आयोजकको भनाइ छ । प्रतियोगितामा २५ देखि ३० समूहको सहभागिता रहने छ । दर्ता शुल्क ९ हजार राखिएको छ ।


आयोजकका अनुसार प्रथम हुने समुहले १ लाख ७० हजार रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले ७ हजार ट्रफि मेडल र प्रमाणपत्र, उदीयमान खेलाडी, उच्च गोलकर्ता र सर्वाेकृष्ट गोलरक्षकलाई ६ हजार बराबरको १ महिने सदस्यता प्रदान गरिने छ ।

Advertisement


युवाको प्रतिभा उजागर गर्ने, स्थानीय र राष्ट्रिय खेलाडीबिच सम्पर्क तथा सम्बन्ध स्थापित गर्ने उद्देश्य रहेको बक्स पोखराका उपाध्यक्ष चुमान गुरुङले बताए । प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा योगदान पुग्ने उनको भनाइ छ ।


कार्यक्रममा बक्स पोखराका अध्यक्ष प्रदिप गुरुङ, खेलकुद पत्रकार महासंघ कास्कीका अध्यक्ष एमबी आस्था मगर लगायतको उपस्थिति थियो ।

Advertisement


प्रतियोगितालाई निरन्तरता दिइने आयोजकको भनाइ छ । बक्स पोखराले युवालाई खेलकुद र फिटनेसमा प्रेरित गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया