सती प्रथा उन्मूलनको कहानी

आखिर सती प्रथा साँच्चै शास्त्रमा वा पुराणहरुमा वर्णित वा पुण्य मिल्छ भनेर नै सुरुवात भएको हो वा पारिवारिक सामाजिक दबाबले विधवा बनेकी महिलालाई सती जान बाध्य बनाइएको भन्ने नै मूल प्रश्न हो । सती शब्द हिन्दुहरुको आख्यानका रुपमा रहेको स्कन्द पुराणको पहिलो खण्डका रुपमा रहेको केदारखण्डबाट आएको हो । यस खण्डमा महादेवका कथाहरू छन्, जसमा महादेवकी पहिलो पत्नी सतीदेवीको वर्णन गरिएको छ ।
आफ्ना पति महादेवप्रति आफ्नै पिताले गरेको दुर्वचन सहन नसकेर सतीदेवीले होमका लागि बनाइएको कुण्डमा हाम फालेर आफ्नो जीवन अर्पण गर्छिन् र महादेव शोकले व्याकुल भएर सतीदेवीको शरीर बोकेर भौंतारिन्छन् । यही क्रममा गलेर अंगपतन हुँदा हरेक अंगपतन भएको स्थानमा पीठ स्थापना गरिएको वर्णन गरिएको छ । यही नै ‘सती’ शब्दको सुरुवात हो ।
तर, सतीले पतिको निन्दा सहन नसकेर गरेको आत्मदाहको कथालाई पतिको मृत्युपछि आत्मदाह गर्न बाध्य बनाइयो । नेपालमा कहिलेदेखि विधवा महिलालाई सती जान बाध्य बनाइयो भन्ने प्रमाण खोज्दा वि.सं. ५२१ मा पहिलो सती गएको भेटिएको भन्ने एलेक्स माइकलको पुस्तक ‘हिन्दुइज्मः पास्६ एन्ड प्रिजेन्ट’ मा उल्लेख गरिएको छ ।
अझै सती प्रथाको निशानीका रुपमा सतीद्वार तथा सती ढुंगाले अझै पनि सती प्रथाका यादहरु दिलाइरहन्छन् ।
सती जान इच्छुक हुने महिलाभन्दा बढी सती जान बाध्य बनाइएका घटना धेरै पढ्न पाइन्छ । धर्मका नाममा तथा सतीत्वका नाममा पनि सती जान मानसिक रूपले बाध्य बनाइन्थ्यो । विधवा विवाहका केही घटनाका कारणले पनि समाजका धर्मान्धहरुले विधवालाई सती जान धार्मिक दबाब दिन थालेका थिए । सती जान नमान्नेहरुलाई करकापमा तथा जबर्जस्ती पतिको चितामा राखिन्थ्यो । उनको चिच्याहट नसुनिओस् भनेर बाजासहित सती जाने कार्यलाई उत्सवझैँ गराइन्थ्यो । चिताबाट भाग्न खोजे ढुंगाले हानेर वा बाँसका भाटाले हिर्काएर बेहोस बनाएर पनि चितामा जलाइन्थ्यो । यति क्रूर र अमानवीय धार्मिक हत्या गरिन्थ्यो ।
पाँचौँ शताब्दीबाट नै सती जान बाध्य बनाइएको भनिए तापनि यसको सबैभन्दा बढी घटना अठारौँ शताब्दीमा भेटिन्छ । साधारण परिवारमा भन्दा बढी राजपरिवार तथा सम्भ्रान्त परिवारमा देखिन्थ्यो । ब्राह्मण, नेवार परिवारमा झन् सबैभन्दा न्यून सतीका घटनाहरू भेटिन्छन् ।
नेपालमा सती प्रथामा बन्देजको सुरुवात जंगबहादुरले १९१० पुस २३ गते बिहीबार जारी गरेको मुलुकी ऐनमा ‘सती जान्याको’ सम्बन्धी महल नै लेखेका थिए । यस अर्थले सती प्रथाको उन्मूलन चन्द्रशमशेरले गरे तापनि सुरुवात भने जंगबहादुरले नै गरेका थिए । यसपछि वि.सं. १९४४ असार २२ गते सोमबार वीरशमशेरले सती प्रथा उन्मूलन गर्ने १९४४ को इस्तिहारमा सती जानका लागि सरकारसँग अनुमति लिनुपर्ने, अन्यथा सजायको भागीदार हुने उल्लेख गरेका थिए । यसपछि बल्ल वि.सं. १९७७ असार २५ गते चन्द्रशमशेरले सती जान पूर्ण रुपमा बन्देज नै लगाइदिए ।
सती प्रथा उन्मूलनको सय वर्ष नाघिसकेको अवस्थामा पनि अझै सती प्रथाको निशानीका रूपमा सतीद्वार तथा सती ढुंगाले अझै पनि सती प्रथाका यादहरू दिलाइरहन्छन् ।
जंगबहादुरले मुलुकी ऐनमा ‘सती जान्याको’ महल नै राखेको भए तापनि उनको १९३३ फागुन १६ गते आइतबार पत्थरघट्टामा निधन भएपछि फागुन १९ गते बुधबार उनको अन्त्येष्टि गरिँदा उनको साथमा उनका तीन रानीहरु— पुतली महारानी, मैयाँ महारानी र मिश्री महारानी सती गएका थिए ।









चिसोले मुस्ताङ सुनसान
पेन्टिङ पर्यटक लोरा
किन हुन्छ हृदयाघात, के हुन् लक्षण ?
लोकतन्त्र र लोकतान्त्रिक संस्कार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया