नेपाली चेलीहरूको गोल वर्षा, श्रीलंका ७-० ले स्तब्ध !

समाधान संवाददाता २०८२ असार ३२ गते ६:१४

काठमाडौं – साफ यु-२० महिला च्याम्पियनसिपमा नेपाली चेलीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। मंगलबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ७-० को फराकिलो गोल अन्तरले हराउँदै शानदार जित दर्ता गर्‍यो।

Advertisement

बंगलादेशको ढाकामा भएको खेलमा नेपाल सुरुदेखि नै श्रीलंकामाथि हावी भएको थियो। खेलकी नायिका बनिन् फरवार्ड मीना देउवा, जसले सुन्दर ह्याट्रिक गरिन्। नेपालका लागि गोलको खाता मीनाले खेलको आठौं मिनेटमै खोलिन्। त्यसपछि त नेपाली खेलाडीले गोलको वर्षा नै गरे। पहिलो हाफमा ५ गोल भयो भने दोस्रो हाफमा थप २ गोल भयो।

कसले कति गोल गरे?

Advertisement
  • मीना देउवा: ३ गोल (ह्याट्रिक)
  • पूर्णिमा राई: २ गोल
  • समीक्षा मगर: १ गोल
  • सरिता नाथ: १ गोल

यो जितसँगै नेपालले प्रतियोगितामा ६ अंक जोडेको छ। नेपालले यसअघि भुटानलाई हराएको थियो भने आयोजक बंगलादेशसँग पराजित भएको थियो। नेपाली टोलीको यो सानदार प्रदर्शनले सबै फुटबल प्रेमीलाई उत्साहित बनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया