सम्पादकीय—छोरीको अंश प्राप्तिमा समय सीमाको बार

सर्वोच्च अदालतले १४ असोज २०७२ पछि विवाह भएका महिलाहरूको मात्र पैतृक सम्पत्तिमा पूर्णतः अधिकार हुने फैसला गरेको छ । सर्वोच्चले संविधान अनुरुप मुलुकी ऐन संसोधन भएको दिन २०७२ असोज १४ पछि विवाह भएका महिलाहरूको मात्र पैतृक सम्पत्तिमा पूर्णतः अधिकार हुने फैसला गरेको हो । सर्वोच्चको फैसला एक परिवारको सम्पत्ति अंशबन्डासँग सम्बन्धित मुद्दासँग सम्बन्धित छ । तथापी यो फैसला आगामी दिनमा सबैको लागि नजीरको रुपमा लागु हुन्छ ।
मुलुकी ऐनको २०५९ भएको ११ औं संशोधनले पहिलो पटक छोरीलाई अंशको कानूनी अधिकार दियो । २०६३ मा मुलुकी ऐन संशोधन गरेर त्यो अधिकारलाई थप फराकिलो बनाउँदै विवाहित छोरीलाई समेत अंश दिने व्यवस्था ग¥यो । नयाँ संविधानकै आधारमा २०७२ असोज १४ मा पुनः एक पटक मुलुकी ऐन संशोधन भयो, जसले छोरा र छोरीलाई समान अंशको हक प्रदान गर्यो । यो संशोधन नयाँ संविधानअनुसार लैंगिक समानताको सिद्वान्तमा आधारित थियो ।
आमाबाबुको सम्पत्तिमा छोराछोरीको हक लाग्ने प्रावधान नयाँ संविधान र त्यसको कानुनी व्यवस्था मुलुकी देवानी संहिताले गरेको हो । संविधान २०७२ सालमा बनेको हो भने मुलुकी देवानी संहिता २०७४ सालमा बनेर ०७५ साल भदौमा लागू भएको थियो । मुलुकी ऐन प्रतिस्थापन गर्न २०७५ मा मुलुकी संहिता आयो । यसले पनि छोराछोरीलाई पैत्तृक सम्पत्तिमा बराबर हक लाग्ने व्यवस्था निरन्तरता दियो ।
आमाबाबुको सम्पत्तिबाट विना भेदभाव अंश पाउने व्यवस्था नेपालको संविधान २०७२ ले नै गरेकाले त्यसपछि बिहे गरेका छोरीलाई पनि अंश दिनुपर्छ । त्यो मात्र होइन, २०७२ सालमै मुलुकी ऐन २०२० संशोधन गरेर ‘बिहे भएकी छोरीले पैत्तृक सम्पत्तिमा अंश नपाउने’ व्यवस्था हटाइयो । ‘लैंगिक समानता कायम गर्न बनेको ऐन २०७२ सालमै संशोधन भएको थियो । संशोधनपछि सबै छोराछोरी आमाबाबुको सम्पत्तिमा बराबर हकदार भए ।
अंशवण्डाको कानुनी व्यवस्था नेपाली समाजको ‘मौलिक कानुन प्रचलन’ हो जुनकुरा छोरा र छोरी दुवै समान सन्तान हुन भन्ने सिद्वान्तमा आधारित छ । यो सिद्वान्त सनातन कानुन संस्कृतिको रुपमा विकास भएको हो । अर्कोतर्फ विवाह र अंशको हक फरक फरक कुरा हुन् । विवाहले अंशको हकलाई मेट्न सक्दैन । अंश भनेको जन्मको आधारमा पाउने विषय हो । किन भने अंशको हक नसैर्गिक हक हो ।
सर्वोच्चको १४ असोज २०७२ पछि विवाह भएका महिलाहरूको मात्र पैतृक सम्पत्तिमा पूर्णतः अधिकार हुने व्याख्या अशंवण्डाको कानुनमा होइन विवाहको कानुनमा जन्मिएको हो । अतःसर्वोच्चले विवाहको कानुनबाट पलाएको छोरीको सम्पत्ती माथिको अबरोध हटाउन विवाहबाट छोरीको जन्मघरको सदस्यता हरण गर्ने सिद्वान्तलाई निषेध गर्नुपर्ने हो । तर यो नेपाली कानुनशास्त्रको सिद्वान्त प्रयोग नहुँदा छोरीको अंशवण्डामा सर्वोच्चले अनेक फैसला गर्दा कानुनमा भ्रम उत्पन्न भएको अवस्था छ । जसले चेली र माइतीबीच पारिवारिक कलहको बिजारोपण गरेर समाजलाई अराजकतातर्फ लैजान सहयोग पुर्याउन पनि सक्छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया