पोखरामा कोरोना संक्रमित वृद्धाको मृत्यु, गण्डकी प्रदेशमा सक्रिय संक्रमित ८ जना
समाधान संवाददाता
२०८२ साउन ५ गते १३:२१
पोखरा ।
पोखरामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले ७४ वर्षीया महिलाको मृत्यु भएको पुष्टि गरेका छन्।
निर्देशक खड्काले जानकारी दिएअनुसार, ती महिला ८ दिन अघि कोरोना संक्रमित पुष्टि भएपछि उपचाररत थिइन्। “७४ वर्षको महिला उपचारका लागि आउनुभएको रहेछ। ८ दिन अघि कोरोना डिटेक्ट भएको र हिजो मृत्यु भएको भन्ने आएको छ,” खड्काले भने।
हाल गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित उपचाररत छन्। तीमध्ये कास्कीमा ५ जना, बागलुङमा २ जना र स्याङ्जामा १ जना रहेका छन्।
स्वास्थ्य अधिकारीहरूले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। साथै, परीक्षण, खोप, र आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्न पनि सुझाव दिइएको छ।
सम्बन्धित








साङ्ता गाउँः जहाँ हत्तपत्त राज्य पुग्दैन
स्याउ बगैंचा स्याहार्दै मुस्ताङका किसान
आइटिएफ जे ३० वर्ल्ड टेनिस टुरको राउन्ड १६ मा रोमाञ्चक नतिजा
स्याङ्जा कांग्रेसद्वारा उम्मेदवार सिफारिस: पूर्वमन्त्री धनराज गुरुङ र खुमा अर्यालको नाम दुवै क्षेत्रबाट
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया