नेपालको उपाधि सपना अधुरो, बंगलादेश अपराजित च्याम्पियन

पोखरा ।
साफ यु–२० महिला च्याम्पियनसिप जित्ने नेपालको सपना यस पटक पनि अधुरै रहेको छ । सोमबार बंगलादेशको ढाकामा भएको लिग चरणको निर्णायक खेलमा घरेलु टोलीसँग ४–० को फराकिलो गोल अन्तरले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो ।
यो जितसँगै बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो । खेलमा बंगलादेशकी मोसमत सागोरिका नायक बनिन् । उनले एक्लैले चार गोल गर्दै नेपाललाई स्तब्ध पारिन् ।
खेलको आठौँ मिनेटमै पहिलो गोल गरेकी सागोरिकाले दोस्रो हाफमा आक्रामक प्रदर्शन गरिन् । उनले ५१औँ र ५८औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । त्यसपछि, खेलको ७७औँ मिनेटमा व्यक्तिगत चौथो गोल थप्दै उनले बंगलादेशको सानदार जित सुनिश्चित गरिन् ।
यसअघि लिग चरणको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग ३-२ गोलले पराजित भएको थियो । उक्त हारको बदला लिँदै उपाधि जित्ने नेपालको योजना सफल हुन सकेन ।
डबल राउन्ड रोबिन लिगको आधारमा सञ्चालित यस च्याम्पियनसिपमा नेपालले अन्य खेलहरूमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले भुटानलाई ६–१ र ८–० तथा श्रीलंकालाई दुवै खेलमा समान ७–० को फराकिलो अन्तरले हराएको थियो ।
सोमबार नै भएको अर्को खेलमा भुटानले श्रीलंकालाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।









एआई तालिम
मनोहर कप ३० गतेबाट
सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया