गंगाराम भण्डारी एनआरएनए क्यानडामा सह-कोषाध्यक्षमा भिड्दै

समाधान संवाददाता २०८२ साउन ७ गते ५:२६

Advertisement

क्यानाडा — सामाजिक नेतृत्वमा सक्रिय रहँदै आएका गंगाराम भण्डारी (जीआर भण्डारी) ले गैर-आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको राष्ट्रिय समन्वय परिषद् (एनसीसी–क्यानडा) को २०२५–२०२७ कार्यकालका लागि सह-कोषाध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

“एक पटकको नेपाली, सबैको नेपाली” भन्ने सशक्त नाराका साथ अघि बढेको भण्डारीको अभियानले क्यानाडामा रहेका नेपाली समुदायबीच सकारात्मक चर्चा र गहिरो उत्साह उत्पन्न गरेको छ।

Advertisement

भण्डारीले आफ्नो उम्मेदवारीमार्फत क्यानाडास्थित नेपालीहरूको सामाजिक हित, आपसी एकता, र आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने अठोट व्यक्त गरेका छन्। उनी विशेषगरी युवा पुस्तालाई नेतृत्वमा सक्रिय गराउन तथा नेपाली संस्कृति, भाषा र पहिचानको संरक्षणमा प्रतिबद्ध छन्।

उनको नेतृत्वमा सञ्चालित अभियानले नेपाली डायस्पोराको स्वर विश्वसामु पुर्‍याउने उद्देश्य राखेको छ। विविध कार्यक्रम र छलफलमार्फत उनी आफ्नो दृष्टिकोण र भावी योजना प्रस्तुत गरिरहेका छन्।

Advertisement

क्यानाडामा रहेका नेपालीहरू यो निर्वाचनलाई आफ्नो पहिचान, अधिकार र सहभागिताको महत्वपूर्ण अवसरका रूपमा हेरेका छन्। भण्डारीको उम्मेदवारीले नेपाली समुदायको भविष्य निर्माणमा सशक्त र सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

उनको सक्रियता र दुरदृष्टिले एनआरएनए क्यानडाको आगामी नेतृत्वमा नवीन सोच र समावेशी दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया