
जोमसोम ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा ट्राफिक राजश्व घटेको छ । आ.व. २०८०/०८१ को तुलनामा यहाँ ट्राफिक राजश्व ३६ प्रतिशतले घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला ट्राफिक तथा कारवाही तथ्यांक अनुसार आ.व. २०८१/०८२ को साउनदेखि असार महिनासम्म मुस्ताङ भित्रिएका दुई हजार ९२ सवारी सवारी साधनलाई कारवाही गर्दा छब्बिस लाख ५८ हजार पाँच सय रुपैया ट्राफिक राजश्व संकलन भएको प्रहरी निरीक्षक विकाश खत्रीले जानकारी दिए।
यसअघि यहाँ आ.व. २०८०/०८१ सालमा मुस्ताङ भित्रिएका पाँच हजार ५९८ सवारी साधनलाई कारवाही गर्दा एक चालिस लाख ५७ हजार पाँच सय रुपैया ट्राफिक राजश्व संकलन भएको थियो ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व. २०८१/०८२ मा ट्राफिक सवारी कारवाही संख्या कम भएको ट्राफिक ईञ्चार्ज प्रहरी सहायक निरीक्षक जनकलाल श्रेष्ठले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष भन्दा गतवर्ष तीन हजार ५०६ सवारी साधन कम कारवाही गरिंदा चौध लाख ९९ हजार रुपैयाँ ट्राफिक राजश्व घट्न पुगेको ट्राफिक ईञ्चार्ज श्रेष्ठले बताए ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा ट्राफिक कार्यालय मुस्ताङले ट्राफिक कारवाही गर्ने भन्दा पनि यहाँ भित्रिएका सवारी साधनका चालक र सहचालकहरु सचेत बनाउनेतर्फ जोड दिईएको जनाएको छ ।
‘यहाँ ट्राफिक प्रहरीले सवारी साधन तथा यात्रु लक्षित जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्दै आईरहेका छौ, एकचोटी कारवाही गर्ने भन्दा पनि सचेत बनाउने तर्फ लाग्यौं, यसैका कारण पनि यहाँ तुलनात्मक रुपमा विगतको तुलनाका ट्राफिक राजश्व घट्न पुगेको हो,’ उनले भने ।
यहाँ राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक सहज भईरहेकाले सवारी साधन भित्रिने क्रम तुलनात्मक रुपमा वृद्धि भईरहेको छ । यहाँ मुस्ताङ भित्रिने सवारी साधनको चाप बढेको र ट्राफिक जरिवाना रकम नघटेको भएपनि सवारी कारवाहीको संख्या कम हुँदा ट्राफिक राजश्व घट्न पुगेको ट्राफिक नियन्त्रण तथा कारवाही तथ्यांकमा उल्लेख गरिएको छ ।
मुस्ताङमा समुदाय— प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय मुस्ताङको समन्वय र सहकार्यमा ‘सवारी चालकसंग एक मिनेट तथा यात्रुसंग दुई मिनेट’ कार्यक्रम निरन्तर रहेको छ ।
यहाँ भित्रिने सवारी साधनले प्रयोजन विपरित सवारी साधन चलाउने, चालक अनुमति पत्र (लाईन्सन) नभई सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र तिब्र गतिमा सवारी साधन चलाउँदा दुर्घटना हुँदा ट्राफिक प्रहरीले आवश्यक कारवाही गरी जरिवाना राजश्व संकलन गर्ने गरिएको ट्राफिक ईञ्चार्ज श्रेष्ठले बताए ।
आ.व. २०८१/०८२ मा भएको सवारी दुर्घटनामा ३९ वटा सवारी घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिए । दुर्घटनामा १५ वटा हलुका सवारी साधन, बस एक, ट्रक एक,ट्याक्टर दुई र मोटरसाईकल/स्कुटर २० वटाको घटना दर्ता भएको हो ।
यसैगरी आ.व. २०८१/०८२ को साउनदेखि असार मसान्तसम्म यहाँ स्वदेशी तथा विदेशी पर्यटक गरी १३ जनाको हाईअल्टिच्युड अर्थात लेंक लागेर मृत्यु भएको डिएसपी लामाले जानकारी दिए ।
यहाँ यात्रुसंग दुई मिनेट कार्यक्रम प्रहरी र ट्राफिक प्रहरीले मुस्ताङ भित्रिने पर्यटकहरुलाई हाईअल्टिच्युड सम्वन्धि सचेतनामूलक कार्यक्रम गर्ने गरेको छ । पर्यटकलाई हाईअल्टिच्युड सम्बन्धि पर्चा वितरण तथा डिउँटीमा खटिएका सुरक्षाकर्मीहरुले हाईअल्टिच्युड सम्वन्धि मौखिक जानकारी दिने गरिएको डिएसपी लामाले बताए ।
बेसीको समथरिलो भागबाट उच्चउचाईको हिमाली जिल्ला मुस्ताङमा ठाउँठाउँमा विश्राम नगरी उकालो चढ्दा हाईअल्टिच्युडको जोखिम बढी हुने गरेको छ । विशेष गरी यहाँ उमेर कटेका वृद्धवृद्धा, शारिरीक रुपले अशक्त र दीर्घ रोगको औषधि सेवन गरेका व्यक्तिहरुलाई अधिक मात्रामा हाईअल्टिच्युडको समस्या रहने गरेको प्रहरीले उल्लेख गरेको छ ।
पर्वतीय क्षेत्रको उच्चउचाईको भूगोलमा माथि माथि उक्लिदै गर्दा अक्सिजनको मात्रा कम हुने लक्षणलाईनै हाईअल्टिच्युड अर्थात लेंक लाग्ने समस्या भन्ने गरिएको झारकोट स्वास्थ्य चौकीका ईञ्चार्ज सुवास अधिकारीले जानकारी दिए । यहाँ आउने पर्यटकलाई यसप्रकार समस्यालाई तुरुन्तै उपचार गर्न सहज होस भन्ने उद्देश्यले प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमै हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर सञ्चालन गरेको उनले जनाए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
पोखरा महोत्सव तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया