पर्वतीय दौडमा युवा परिषदको सहकार्य

पोखरा ।
पोखरा महानगरपालिका–२२ मा आउँदो असोज ४ गते आयोजना हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा वडा नम्बर २२ को वडा युवा परिषद्ले औपचारिक सहकार्य गर्ने भएको छ । प्रतियोगिता सफल बनाउन परिषद्ले स्वयंसेवक व्यवस्थापन, प्रचारप्रसार तथा युवा क्लबहरूको परिचालनमा महत्वपूर्ण भूमिका खेल्ने भएको हो ।
परिषद्का अध्यक्ष दिनेश बराल र प्रतियोगिता संयोजक दीननाथ बरालबीच हालै सम्पन्न सहमतिपछि परिषद् प्रतियोगिता व्यवस्थापनमा सक्रिय सहभागितासहित जोडिने भएको हो । सम्झौतापछि अध्यक्ष बरालले यो प्रतियोगिता गाउँकै उत्सवका रूपमा लिएको बताउँदै ‘हामी सम्पूर्ण युवा वर्गको प्रतिनिधित्व गर्ने संस्थाका रूपमा कार्यक्रमलाई सफल बनाउन सक्दो सहयोग गर्नेछौं,’ भन्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्झौतासँगै परिषद्का सहसचिव निश्चल देवकोटा, सदस्य सुदीप विक, पोखरा क्लिक डटकमका वरिष्ठ संवाददाता असफल गौतम र प्रतियोगिता व्यवस्थापक सागर सुनार पनि उपस्थित थिए ।
स्थानीय युवाहरूको सहकार्यमा सम्पन्न हुँदै आएको यो प्रतियोगिता पोखरा–२२ को नयाँ आकर्षक खेलकुद इभेन्टका रूपमा स्थापित हुँदै गएको आयोजकहरूको भनाइ छ । खेलकुद र पर्यटन प्रवर्धनमा योगदान पुगोस् भन्ने उद्देश्यसहित प्रतियोगितालाई समुदायको साझा उत्सवका रूपमा मनाउने तयारी गरिएको छ ।
प्रतियोगिता नेपाल पर्यटन बोर्डको प्रवर्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्यमा सम्पन्न हुँदैछ । मेडिकल पार्टनरका रूपमा नोलम्बो नेपाल रहनेछ भने तेस्रो पुरस्कार प्रयोजन पनि सो संस्थाले गर्नेछ । यसैगरी, प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरका रूपमा सिटीवान टेलिभिजन रहनेछ ।
प्रतियोगितालाई सफल बनाउन परिचय एडभर्टाइजिङ, होटल मुस्ताङ लेते एन्ड थकाली किचन लगायत स्थानीय व्यवसाय र संस्थाहरूले पनि सहयोग गर्ने भएका छन् । उक्त अभियानमा सहयोग आउने र सहकार्य गर्नेहरूको क्रम जारी छ ।









सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
निष्प्रभको ‘याली’ आयो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया