गेन्स महोत्सव सम्पन्न, फुटसलको उपाधि दाजुभाइलाई

पोखरा । गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज (गेन्स) कलेजले आयोजना गरेको दुईदिने ‘गेन्स महोत्सव २०८२’ शनिबार सम्पन्न भएको छ । महोत्सवअन्तर्गत आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।
कार्यक्रममा फुटसल, कविता लेखन, चित्रकला र पब्जी लगायतका प्रतियोगिताका विजेतालाई हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त, प्रा.डा. विकास केसी, हिसान गण्डकीका अध्यक्ष डा. रामजी शर्मा लगायतका अतिथिले पुरस्कार वितरण गरे ।
महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको फुटसल प्रतियोगिताको उपाधि ‘दाजुभाइ’ टिमले जितेको छ । शनिबार भएको फाइनलमा दाजुभाइले ‘एफसी’ लाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । दाजुभाइका लागि निर्णायक गोल शशांक रानाले गरे । उपाधिसँगै दाजुभाइले नगद ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता एफसीले १५ हजार रुपियाँमा चित्त बुझायो ।
प्रतियोगितामा दाजुभाइका मिलन नेपाली उत्कृष्ट खेलाडी घोषित भए । सोही टिमका सुमन जिसीले ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । यस्तै, एचपिसीका आकाश सारु उत्कृष्ट डिफेन्डर र सोही टिमका सन्जिव गुरुङ उत्कृष्ट गोलकिपर बने । फुटसल संयोजक समित गौतमका अनुसार प्रतियोगितामा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका २० टिमले सहभागिता जनाएका थिए ।
यसैगरी, कविता वाचन प्रतियोगितामा सन्दिप चापागाईं प्रथम, अनामिका गुरुङ द्वितीय र पवित्रा रेग्मी तृतीय भए । उनीहरूले क्रमशः नगद पाँच हजार, तीन हजार र पन्ध्र सय रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पब्जी प्रतियोगितामा भोर्टेक्स ई-स्पोर्ट्स प्रथम, फ्रोजन ई-स्पोर्ट्स द्वितीय र उत्तम दाइ ई-स्पोर्ट्स तृतीय स्थान हासिल गर्न सफल भए । उनीहरूले क्रमशः नगद १६ हजार, आठ हजार र चार हजार रुपियाँसहित पुरस्कार जिते ।
कलेजका प्रबन्ध निर्देशक विजय आनन्द तिमिल्सिनाको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै हिसानका केन्द्रीय उपाध्यक्ष पन्तले स्थापनाको छोटो समयमै कलेजले यस्ता महत्त्वपूर्ण कार्यक्रममार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउनु सराहनीय कार्य भएको बताए ।
सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गेन्स कलेज पोखराको नदिपुरमा अवस्थित छ । एक वर्षअघि स्थापना भएको कलेजमा हाल बीबीए, एमबीए र बीएससीआईटी विषयमा अध्ययन-अध्यापन हुँदै आएको छ ।









एआई तालिम
मनोहर कप ३० गतेबाट
सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया