विद्यार्थीलाई निजामती कर्मचारीको सहयोग

पोखरा । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कास्कीले पोखरा २६ जल्धारेमा रहेको अमरज्योति गाउँफर्क माविका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।
पेशागत आन्दोलनका सहिदहरु मनोज जोशी, झपेन्द्र कार्की र मनोज विक स्मृति दिवस २०८२ को सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको कर्मचारी संगठन कास्की अध्यक्ष रामचन्द्र पहारीले जानकारी दिए । कार्यसमितिका सदस्यको मासिक लेबीबाट संकलित रकमबाट ५० हजार बराबरको खेलकुद सामाग्री विद्यालयलाई प्रदान गरिएको हो ।
संगठनका केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज राममणि ढुंगानाले विद्यालयको आवश्यकताको आधारमा साउन्ड बक्स, भलिबल, फुटबल जाली नेट, क्रिकेटको ब्याट बल लगायत ११ प्रकारका खेल सामग्री वितरण गरिएको बताए । सहिद सप्ताह अन्तर्गत संगठनले पोखरा ७ मा रहेको झपेन्द्र स्मृति पार्कमा शहिदको सम्झनामा दीप प्रज्वलन तथा श्रदाञ्जली सभासमेत गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठनका सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज भरतप्रसाद भुषालले सहिदहरुले पेशागत आन्दोलनको क्रममा जागिर र जीवनको बलिदान दिएको जनाए । संगठनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सहइन्चार्ज तेजप्रसाद न्युरेले समग्र खेलकुदको विकासको लागि विद्यालय तहबाट खेलकुदका गतिविधि अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा पेशागत महासंघ गण्डकी प्रदेशका महासचिव बैकुण्ठनाथ आचार्य, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य तिलकप्रसाद आचार्य, कास्कीका उपाध्यक्ष हरिप्रसाद रेग्मी, सहसचिव नेत्रनारायण सुवेदी, नेकपा (एमाले) वडा कमिटी पोखरा २६ का अध्यक्ष मनोहरि ढुंगाना, विद्यालयका प्रधानाध्यापक दामोदर सापकोटा लगायतले सहिद दिवसका बारेमा बोलेका थिए ।
बहुदलीय व्यवस्थाको पुनस्थापना भए पछि निरङकुश पञ्चायती व्यवस्थाका पक्षधरले तत्कालीन जिल्ला पञ्चायत कार्यालय कास्कीमा गरेको आगजनीको विरोधमा २०४७ वैशाख १७ गते भएको प्रदर्शनमा प्रहरीको गोली लागी झपेन्द्र कार्कीको निधन भएको थियो । खोटाङको दिक्लेलमा २०४८ साउन १५ गते निजामती कर्मचारीको आन्दोलनमा मनोज जोशीले शहादत प्राप्त गरेका थिए । निजामती कर्मचारी सुरेन्द्र विकको सुदूर पश्चिममा अपरिचित समूहले हत्या गरेको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया