सम्पादकीय—सडक मानवको व्यवस्थापन

नेपाल सडक पेटीमा भोकै नांगै बेसहारा भएर बस्न नपर्ने राष्ट निर्माण भएर औपचारिक रुपमा घोषणा हुन लागेको छ । विस २०८२सम्ममा सडकका वेवारिसे व्यक्तिहरुको व्यवस्थापन गर्ने योजना अगाडी सारेको मानवसेवा आश्रमले सडक आश्रिम मानव मुक्त राष्ट्र घोषणा वर्ष मनाउने तयारीमा जुटेको छ । मानवता प्रवद्र्धन अभियान अन्तर्गत यो वर्ष मिसन २०८२ घोषणा वर्षपनि हो ।
परिवारबाट तिरस्कृत भएर सडकमा वेवारिसे भएका व्यक्ति उपचार र पुनस्थापनको लागि कार्यरत आश्रमले सडकमा वेवारिसे व्यक्ति रहन नदिने परिकल्पना अगाडी सारेको हो । २०६९ भदौ देखि मकवानपुर हेटौडाबाट सुरुवात भएको आश्रमले सडक पेटीमा जीवन यापन गर्दै आएका बेसहारा, अभिभावक विहीन, अनाथ, अपांगता भएका व्यक्ति र मानसिक समस्याका विरामीहरुलाई उद्वार, उपचार, पालनपोषण र परिवारमा पुनर्मिलन सेवा गर्दै आएको छ । उद्वार गरिएको सबै आश्रित व्यक्तिको लागि खाना नाना छाना, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न अभियन्ता स्वयं सेवीहरु खटिएका छन् ।
दाताको जन्म दिन, संघ संस्थाको स्थापना दिवस, बैंक तथा वित्तिय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोगबाट आश्रम चलेको छ । विदेशी दातृ निकायबाट सहयोग नलिने नेपाल र नेपालीको मौलिक कार्यक्रमबाट आश्रम सञ्चालित छ । महजात्रा, नेपथ्य ब्याण्डको कन्सर्ट लगायत नेपाललाई मानवताको राष्ट्र बनाउने अभियानलाई सघाएको छ ।
देशव्यापी रुपमा ११ हजार ८ सय ९८को उद्वार गरेको संस्थाले अहिले १ हजार ९ सय ५५ जनालाई सेवा दिएको छ । अहिलेसम्म ४ हजार ८ सय १७ जनालाई सुखद पारिवारीक पुनर्मिलन र ९ सय ७० जनालाई सामाजिक रुपमा पुनस्र्थापना गरेको छ ।
आश्रमको सडक मानव मुक्त नेपाल बनाउने अभियान कार्यान्वयन गर्न पहिला हरेक प्रदेश र स्थानीय तह सडक मानव मुक्त बन्न पर्छ । सडक मानवमुक्त प्रदेश तथा स्थानीय तह निर्माणको परिकल्पनालाई सार्थक बनाउन आश्रमसँगको सहकार्य गरेका छन् । आश्रमको भवन निर्माणका अलवा आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेश सरकारले मानवसेवा आश्रमका विभिन्न इकाइहरूको व्यवस्थापनका लागि कुल १ करोड १८ लाख १० हजार बजेट विनियोजन गरेको छ । पोखरा महानगरपालिका, रुपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाले आ–आफ्नो कार्यक्षेत्र भित्रको सडकमा रहेका आश्रय विहीन तथा सहयोगापेक्षी नागरिकको उद्वार, संरक्षण, पुनःस्थापनाका लागि आवश्यक सहयोग गरेका छन् ।
बेसहारा, अभिभावक विहीन र परिवारको तिरस्कारको कारणले मानिसले सडक पेटीमा गुजरा चलाउनु पर्ने बाध्यता छ । यो क्रम नरोकिने भएकोले सडक मानव व्यवस्थापनको काममा सरोकारवालाहरुले नियमित रुपमा खटिन आवश्यक पर्छ ।
सडक मानव मुक्त राष्ट्र घोषणा घोषणा गरेर मात्र पुग्दैन । यस्तो अभियानलाई दिगो रुपमा टिकाउन र सञ्चालन तथा व्यवस्थापनको लागि सरोकारवालाले ध्यान दिन आवश्यक छ । स्वयंसेवी भावना, समर्पण र सेवा प्रवाहको अनुपम उदाहरण बनेको आश्रमको प्रयासले आर्थिक प्रगति तथा भौतिक पूर्वाधार विकासका हिसाबले पछाडी रहेको नेपाल मानवता तथा परोपकारको दृष्टिकोणले नेपाल अब्बल रहेको सन्देश दिएको छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया