आर्वाविजय माविलाई सहयोग

पोखरा ।
लायन्स क्लब अफ पोखरा भैरवले पोखरा–१३, ढाँडबेँसीस्थित आर्वाविजय माविलाई बुधवार आर्थिक सहयोग गरेको छ ।
क्लबका अध्यक्ष रमेशकुमार बाटाजु र पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्रमान बिजुक्छेले संयुक्त रूपमा ४० हजार १ सय ५५ रुपियाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल र प्रधानाध्यापक पद्मादेवी बराललाई हस्तान्तरण गरे । प्राप्त रकम विद्यार्थीलाई विद्युतीय तालिम प्रदान गर्न खर्च गरिने योजना बनाइएको विद्यालयका शिक्षक बाबुराम सुवेदीले जानकारी दिए ।
प्रमुख अतिथि बिजुक्छेले विद्यार्थीलाई सीपमूलक तालिमका माध्यमबाट स्वरोजगार बन्न कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै विद्यालय जस्तो पवित्र संस्थामा आएर सहयोग गर्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको बताए ।
अध्यक्ष बरालले संस्थाले गरेको अमूल्य सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाबाट निरन्तर सहयोगको अपेक्षा राखे । कार्यक्रममा पूर्वअध्यक्ष समरबहादुर श्रेष्ठ र श्रीकृष्ण कतिलाले शुभकामना दिएका थिए । संस्थाका अध्यक्ष रमेशकुमार बाटाजुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विनोद द्वाले गरेका थिए ।








कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया