कर्मचारी युनियन विभागीय कार्यसमिति कास्कीको निर्वाचन २६ गते, अध्यक्षमा सुवेदी निर्विरोध

समाधान संवाददाता २०८२ साउन २४ गते १५:०३

पोखरा । पूर्वनिर्धारित मितिमा स्थगित भएको नेपाल कर्मचारी युनियन प्रदेश विभागीय कार्यसमिति कास्कीको निर्वाचन यही साउन २६ गते सोमबार हुने भएको छ । निर्वाचन समितिले पोखरा महानगरपालिका–८, न्युरोडस्थित सिटी पार्टी प्यालेसमा दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकेको छ ।

यसअघि साउन २२ गतेका लागि तय गरिएको निर्वाचन जिल्ला कार्यसमितिको निर्वाचन समयमै सम्पन्न हुन नसकेपछि विभागीय कार्यसमितिको निर्वाचन अन्तिम समयमा स्थगित गरिएको थियो । प्रमुख निर्वाचन अधिकृत शालिग्राम भट्टराईले सूचना जारी गर्दै निर्वाचन सारिएको जानकारी दिएका थिए ।

कार्यसमितिको अध्यक्ष पदमा भने प्रदीपचन्द्र सुवेदी निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्ष पदमा सुवेदीको मात्र एकल उम्मेदवारी परेकाले निर्वाचन समितिले उनलाई निर्विरोध घोषणा गरेको हो । अध्यक्ष पदको टुंगो लागे पनि अन्य पदाधिकारी तथा सदस्य र केन्द्रीय प्रतिनिधिको चयनका लागि भने मतदान हुन लागेको हो ।

Advertisement

निर्वाचन समितिले तोकेको नयाँ मितिअनुसार सोमबार युनियनमा आबद्ध सदस्यहरूले मतदान प्रक्रियामा भाग लिनेछन् । उक्त निर्वाचनले अध्यक्षबाहेकका अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरूको टुंगो लगाउनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया