कास्कीको नाउडाँडामा तीजमेला तयारी

समाधान संवाददाता २०८२ साउन २५ गते १९:४४

पोखरा । नाउडाँडामा हरितालिका तीज मेला र अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण गाउँपालिका १, २, ३ को ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा ४४ औं संस्करणको तीज मेला र पहिलो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको हो ।

Advertisement

तीज गीत र छेलो प्रतियोगिता गरिने सञ्जालका अध्यक्ष तथा कार्यक्रम संयोजक वीरेन्द्र गुरुङले जानकारी दिए । भदौै ८ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ३ लाख ३ हजार ३ सय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । द्वितीयलाई १ लाख ७२ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

अनुशासित टिमलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार र सर्वाधिक गोलकर्तालाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए । आमन्त्रित प्रतियोगितामा एन्फामा दर्ता भएका ८ क्लबले प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिता नक आउट सिस्टममा खेलाइनेछ ।

Advertisement

तीजगीत प्रतियोगिताको प्रथमले २० हजार रुपैयाँ, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना हुने टिमलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट भेषभूषा र नृत्यलाई १/१ हजार रुपैयाँ प्रदान गरिनेछ । छेलोमा सहभागीका आधारमा पुरस्कार दिइनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया