जबजको मार्गदर्शनमा नेपाली समाजवादी क्रान्ति

नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्त ’जनताको बहुदलीय जनवाद’ (जबज) नै हो । नेपाल कम्युनिस्ट आन्दोलनको एक महत्वपूर्ण सैद्धान्तिक अवधारणा जनताको बहुदलीय जनवाद (जबज) ले शान्तिपूर्ण, बहुदलीय प्रतिस्पर्धा र लोकतान्त्रिक माध्यमबाट समाजवादको लक्ष्य हासिल गर्ने परिकल्पना गर्दछ । यसका प्रणेता जननेता मदन भण्डारीको निधन भएको तीन दशकभन्दा बढी भइसकेको र जबजलाई समृद्ध बनाउन वहाँकै टिममा रहेर महत्वपूर्ण योगदान गर्ने कमरेड केपी शर्मा ओलीको नेतृत्वमा ’समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा एवं गन्तव्य’ कार्यक्रमसहित पार्टी अघि बढिरहेको छ ।
जबजका आधारभूत मान्यताहरू (संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, कानुनी शासन, शक्ति पृथकीकरण, मानवअधिकारको रक्षा, बहुमतको सरकार–अल्पमतको विपक्ष, आवधिक निर्वाचन) लाई अक्षुण्ण राख्दै, अहिलेका नयाँ चुनौतीहरू जस्तै जलवायु परिवर्तन, डिजिटल अर्थतन्त्र, सूचना प्रविधिको विकास, बढ्दो सामाजिक सञ्जालको प्रभाव र भू–राजनीतिक जटिलता जस्ता विषयलाई कसरी आत्मसात् गर्ने भन्ने विषयमा गम्भीर बहसको आवश्यकता छ ।
नेकपा (एमाले) ले आफ्नो अन्तिम लक्ष्य वैज्ञानिक समाजवाद मानेको र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई समाजवादउन्मुख समृद्धिको पाइलाका रूपमा लिएको छ । समाजवादको आधार निर्माणका लागि पार्टीले अपनाउने राजनीतिक, आर्थिक र सामाजिक कार्यक्रमहरूको ठोस मार्गचित्र आवश्यक छ । राष्ट्रिय पुँजीको विकास, उत्पादन शक्तिको वृद्धि, सामाजिक न्याय र समानतामा आधारित वितरण प्रणाली तथा सार्वजनिक क्षेत्रको भूमिकाबारे स्पष्ट नीति तथा कार्यक्रम जरुरी छ ।
जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट आन्दोलनको एक महत्वपूर्ण सैद्धान्तिक अवधारणा हो, जसले शान्तिपूर्ण र लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट नेपाली जनताको पहलकदमीमा समाजवादको लक्ष्य हासिल गर्ने परिकल्पना गर्दछ । यसको आधारभूत मान्यताअनुसार, जनताको जनवादी सत्ता वा क्रान्तिले तीनवटा मुख्य चरणहरू पार गरी नेपाली समाजलाई समाजवादको बाटोमा अघि बढाउँछ । यी चरणहरूलाई व्यवस्थित र योजनाबद्ध रूपमा कार्यान्वयन गर्न एक विस्तृत समाजवादी कार्यक्रम अपरिहार्य हुन्छ । तर यहाँ यसको विस्तृत होइन, छोटो चर्चा गर्ने जमर्को गरिएको छ ।
चरण १ः पुरानो व्यवस्थाका अवशेषहरूको अन्त्य गर्ने अवधि
यो पहिलो चरणमा सामन्तवाद र दलाल पुँजीवादका अवशेषहरूलाई निर्मूल गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनमुखी बनाउनुका साथै जबजका विशेषतालाई अक्षुण्ण राख्दै, राष्ट्रिय हितको रक्षा र आधारभूत पूर्वाधार निर्माणमा जोड दिनुपर्छ ।
१. राजनीतिक र प्रशासनिकः
पुरानो शोषणकारी वर्गको प्रभावलाई समाप्त गर्दै जनवादी र समावेशी राज्य संरचना निर्माण गर्ने ।
प्रशासनिक निकायहरूलाई जनउत्तरदायी र पारदर्शी बनाउँदै भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्ने ।
राष्ट्रिय हितविपरीतका असमान सन्धि सम्झौताहरूको पहिचान र पुनरावलोकन गर्ने ।
डिजिटल असमानता कम गर्न सूचना प्रविधिको पहुँच विस्तार गर्ने ।
जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट आन्दोलनको एक महत्वपूर्ण सैद्धान्तिक अवधारणा हो, जसले शान्तिपूर्ण र लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट नेपाली जनताको पहलकदमीमा समाजवादको लक्ष्य हासिल गर्ने परिकल्पना गर्दछ ।
२. आर्थिक र भूमिसुधारः
सामन्ती भू–सम्बन्धको अन्त्य गरी भूमिहीन किसानलाई जमिनको अधिकार दिने ।
दलाल पुँजीवादी एकाधिकार र कार्टेलिङलाई नियन्त्रण गरी राष्ट्रिय पुँजीको संरक्षण गर्ने ।
जलवायु परिवर्तनले कृषिमा पार्ने असरबारे अध्ययन गरी अनुकूलनका प्रारम्भिक योजनाहरू बनाउने ।
३. सामाजिक र सांस्कृतिकः
पितृसत्ता, जातीय विभेद र अन्य सामाजिक कुरीतिहरूको अन्त्यका लागि जनचेतना अभियान चलाउने ।
शिक्षा र स्वास्थ्यलाई निःशुल्क र गुणस्तरीय बनाउने ।
सामाजिक सञ्जालको नकारात्मक प्रभाव (मिथ्या सूचना) रोक्न वैचारिक र कानुनी पहल गर्ने ।
चरण २ः नयाँ उत्पादन सम्बन्धको आधारमा भौतिक र सांस्कृतिक विकास गर्ने अवधि
यो दोस्रो चरणमा समाजवादको आधार निर्माणका लागि उत्पादनका साधनहरूमा सामाजिक स्वामित्वलाई सुदृढ गर्दै देशलाई आत्मनिर्भरताको बाटोमा अग्रसर गराउनुपर्छ । यसमा प्रविधि, पूर्वाधार र राष्ट्रिय पुँजीको विकासमा जोड दिनु प्रमुख कार्यभार हुनेछ ।
१. आर्थिक र औद्योगिकीकरणः
कृषि र उद्योगको आधुनिकीकरण गरी आत्मनिर्भरता हासिल गर्ने ।
राज्यको नेतृत्वमा ठूला पूर्वाधार र उद्योगहरूको स्थापना गर्ने ।
सहकारी अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने ।
डिजिटल अर्थतन्त्रलाई विस्तार गरी रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने ।
वातावरणमैत्री प्रविधि र नवीकरणीय ऊर्जाको प्रयोगलाई अनिवार्य गर्ने ।
२. वैज्ञानिक र प्राविधिकः
विज्ञान र प्रविधिमा लगानी बढाउँदै स्वदेशी अनुसन्धान तथा विकासलाई प्रोत्साहन गर्ने ।
प्राविधिक शिक्षालाई अनिवार्य र पहुँचयोग्य बनाउने ।
जलवायु परिवर्तनका असरहरूको पूर्वानुमानका लागि वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिने ।
३. सामाजिक र सांस्कृतिकः
शिक्षा, स्वास्थ्य र आवासजस्ता आधारभूत आवश्यकताहरूमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने ।
प्रगतिशील र वैज्ञानिक सांस्कृतिक आन्दोलनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने ।
भू–राजनीतिक जटिलतालाई ध्यानमा राख्दै सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने ।
चरण ३ः समाजवादमा संक्रमणको लागि भौतिक तथा सांस्कृतिक तयारी गर्ने अवधि
यो अन्तिम चरणमा वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्दै वर्गविहीन र समतामूलक समाजको परिकल्पनालाई साकार पारिन्छ ।
१. आर्थिक र उत्पादनः
उत्पादनका सबै प्रमुख साधनहरूलाई पूर्ण रूपमा सामाजिक स्वामित्वमा ल्याउने ।
’प्रत्येकलाई उसको आवश्यकताअनुसार र प्रत्येकबाट उसको क्षमताअनुसार’ को सिद्धान्ततर्फ उन्मुख हुने ।
डिजिटल प्रविधिको प्रयोगबाट उत्पादन र वितरण प्रणालीलाई अधिकतम स्वचालित र प्रभावकारी बनाउने ।
पूर्ण रूपमा वातावरणमैत्री र नवीकरणीय ऊर्जामा आधारित समाजवादी उत्पादन प्रणाली स्थापना गर्ने ।
२. राजनीतिक र सामाजिकः
राज्यको भूमिकालाई क्रमशः संकुचित गर्दै नागरिक समाजको अधिकार र भूमिकालाई बढाउने ।
समाजवादी लोकतन्त्रलाई सुदृढ गर्दै जनताको प्रत्यक्ष सहभागितामा आधारित शासन प्रणाली विकास गर्ने ।
भू–राजनीतिक चुनौती र साइबर सुरक्षालाई सम्बोधन गर्न राष्ट्रिय सुरक्षा संयन्त्रलाई सबल बनाउने ।
३. सांस्कृतिक र वैचारिकः
समाजवादी नैतिकता र मूल्यमान्यताको विकासका लागि वैचारिक अभियान चलाउने ।
व्यक्तिगत स्वार्थको सट्टा सामूहिक र सामाजिक हितको भावनालाई प्रवद्र्धन गर्ने ।
श्रमलाई सम्मान गर्ने र उत्पादनशील गतिविधिलाई समाजको अभिन्न अंग बनाउने ।
डिजिटल युगका चुनौतीहरूलाई सम्बोधन गर्दै पर्यावरण संरक्षणलाई समाजवादी संस्कृतिको अभिन्न अंग बनाउने ।
अन्त्यमा,
यो तीन चरणको कार्यक्रमले जनताको बहुदलीय जनवादको माध्यमबाट समाजवादको दिशामा नेपाली समाजको क्रमिक विकासका साथै ’समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा एवं राष्ट्रिय गन्तव्यमा पुग्ने खाका प्रस्तुत गर्दछ । जनताको बहुदलीय जनवाद नेपाली समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त हो, जसले नेपाली क्रान्तिका चरण र तिनको कार्यक्रमका साथै विशेषताअनुसार समाजवादको लक्ष्य हासिल गर्न आवश्यक रणनीति, कार्यनीति र कार्यक्रमहरूको रूपरेखा प्रदान गर्दछ । यसको सफल कार्यान्वयनले नेपाललाई एक समृद्ध, समतामूलक र समाजवादी, पूर्ण स्वाधीन राष्ट्र बनाउन सहयोग पुर्याउँछ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया