सहसचिव मनमायाले ल्याइन् गाउँ रित्तिएको पीडा बोकेको तीज गीत

काठमाडौं । निजामती सेवाकी सहसचिव मनमाया पंगेनीले आउँदै गरेको तीजलाई लक्षित गर्दै मर्मस्पर्शी गीत बजारमा ल्याएकी छिन् । ‘तीजको लहर आयो गाउँ शहर’ बोलको गीतमा उनले रित्तिँदै गएका गाउँघरको पीडा र वैदेशिक रोजगारीको यथार्थलाई समेटेकी छिन् ।
गीतमार्फत गायिका पंगेनीले युवाविहीन गाउँको दुरावस्था, बिरामी पर्दा रगत समेत नपाउने अवस्था र विदेशिएका दाजुलाई देश फर्कन बहिनीले गरेको मार्मिक अपिललाई प्रस्तुत गरेकी छिन् । ‘तीजमा चेलीलाई गरगहनाभन्दा माइतीको माया नै सबैभन्दा ठूलो हुन्छ भन्ने सन्देश दिन खोजेकी हुँ,’ उनले भनिन् ।

पंगेनीकै शब्द तथा स्वर रहेको गीतमा दीपकराज बीसीले संगीत भरेका छन् । मनमाया र शिव पंगेनीको अभिनय रहेको भिडिओ उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गण्डकी प्रदेशकी पूर्व सचिवसमेत रहेकी पंगेनीका ‘तिम्रो मायाको सागर’, ‘मेरा सबै खोसी लग्यो’ लगायतका गीत यसअघि नै चर्चित छन् ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया