गण्डकी प्रदेश सभाको भवन शिलान्यास

पोखरा । गण्डकी प्रदेशसभा भवनको मंगलबार शिलान्यास गरिएको छ । गण्डकीमा प्रदेश संरचना सुरु भएको आठ वर्षपछि बन्न लागेको नयाँ भवनको गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गरेका हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरमा अहिलेको अस्थायी कार्यालयकै पश्चिमतर्फ २५ करोड ३७ लाख ८२ हजार आठ सय ६१ रुपैयाँ लागतमा उक्त भवन बन्ने भएको हो । सहरी विकास तथा भवन कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम भवन निर्माण हुने गण्डकी प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । श्रेष्ठ एन्ड सन्स/इस्ट वेस्ट जेभी काठमाडौंले उक्त भवनको जिम्मा पाएको उनले बताए ।
२०८१ माघ १८ गते भवन निर्माणको सम्झौता भएर केही काम अघि बढिसकेको सहरी विकास तथा भवन कार्यालय कास्कीका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । अहिलेसम्म भवनको जमिनको सतहमुनि गर्नुपर्ने कामहरु सकिएका छन् । डिपिआरअनुसार भवनको लागत ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ रहेकोमा ३२.४१ प्रतिशत घटेर श्रेष्ठ एन्ड सन्सले ठेक्का पाएको हो । भवन ३ तलाको बन्नेछ ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया