शिवः क्रान्तिकारी पात्र

राजेन्द्र भण्डारी २०८२ भदौ ३ गते १७:०७

संसारमा मानवको उपस्थिति अनन्त यात्रा र जीवनको अन्वेषणका लागि भएको हो । जीवन पहिचानका अनेकौँ दृष्टिकोण र मार्ग अवलम्बन गरेका छौं । तिनैमध्ये एउटा अद्भुत र विराट मार्ग हो, शिव, शिवत्व र शिव जीवनी । शिव पौराणिक वाणीमात्र होइनन्, देवमात्र पनि होइनन् । मानव जीवन, जगत् दर्शन, संस्कृति र समग्रमा बह्माण्डका केन्द्रविन्दु हुन् । यस लेखमा हामी शिव, शिवत्व र शिवलाई एउटा समाजवादी र क्रान्तिकारी पात्रको रूपमा चर्चा गरिएको छ ।

Advertisement


वैदिक मान्यतामा भगवान् शिवको ५ हजार वर्ष अघिदेखि अनेकौं रूपमा कैलाशदेखि पशुपतिनाथ हुँदै दक्षिणमा रामेश्वरमसम्मका हिन्दू मनमा भगवान शिवको पूजा र स्मरण हुन्छ । उहाँको नाममा नै समग्र जीवनको चक्र र परिवर्तनलाई संकेत गर्दछ । काल र भूगोलका दुबै पहेलीमा शिवको व्यक्तित्वलाई अनेकाैं स्वरूपमार्फत मानव जीवनका

क््िरmयाकलापमा नवीन चेतना र शाश्वत सन्देशका रूपमा ग्रहण गरिन्छ । भगवान शिव सम्पूर्ण प्राणीका पालक गर्ने अद्भुत शाश्वत हुन् । नित्य, आनन्द र जीवनका ऊर्जा हुन् । सत्यम् शिवम् सुन्दरम् हुन् । निरञ्जन, निराकार र निरन्तरता हुन् ।
खाकमा सिर्जनाको बीज रोप्ने, अर्धनग्नतामा सौन्र्दय देख्ने र मनको सुन्दरताको बलले संसारलाई सञ्चालन गर्ने शून्यताका प्रतीक हुन् ।

Advertisement

आडम्बर विहीन प्राकृतिक वस्तु ग्रहण गर्न रुचाउने, वस्तुका ठाउँमा बाघंबर, आभूषणको ठाँउमा सर्प र मुण्डमाला साथै श्रृगारको नाँउमा भष्म लगाएर कैलाशदेखि श्मसानसम्मका योगी, सन्यासी र बैरागी हुन् । भौतिक संसार र आध्यत्मिक सन्यासको बाटोका समन्वयकर्ता र स्थिर नर्तक हुन् । मनले सदैव प्रतीतको स्मृति गर्दछ, भविष्यको कल्पना गर्दछ र वर्तमानको चिन्तन गर्दछ । शब्दबिना न स्मृति हुन्छ, न कल्पना हुन्छ न चिन्तन नै हुन्छ । सबै स्मृति, कल्पना र चिन्तन शिव शब्दको माध्यमबाट चल्दछ भन्ने मान्यता छ ।


शिवत्व
पूर्वीय दर्शनमा जीवनको मूल उद्देश्य शिवत्व प्राप्त गर्नु हो । शिवत्व प्राप्तिको आधार ओम नम शिवाय हो । यो मन्त्र तृष्णा, कामना, अभिलाषा पूर्ति गर्ने होइन । समग्रमा कामनाको अन्त्येष्टि गरेर अन्तर आत्मामा चेतनाको सर्योदयो र जागरणका स्वरूप उद्घाटन गराउँछ । पूर्ण निष्काम मानव आत्माको आवरण नै भगवानको स्वरूप हो । मानव आत्माको स्वरूपको विलयबाट नै शिवत्व प्राप्त हुन्छ । स्वयंको स्वयंभित्र प्रवेश गराई आत्माको साक्षात्कार गराउने, आत्मायुद्धको प्रेरणा प्राप्त र स्वयंमाथि विजय प्राप्त गर्नु नै शिवत्व हो ।

Advertisement


शिवत्वमा अमृत र विष हुँदैन, सुख र दुख हुँदैन र न स्वर्ग हुन्छ, न नर्क नै हुन्छ, त्यहाँ हुन्छ मात्र परमानन्द । शिव भक्तिको कणकणमा छिपेको अनन्त परमानन्दकोे सानिध्यता हुनु शिवत्व हो । जीवनका प्रश्नहरूको उत्तर खोज्ने र मानवलाई आत्मज्ञान र मोक्षको मार्ग देखाउने प्रेरणा शिवत्व हो । शिवत्वको खोजले अंहकारको अन्त्य गराई क्षमा, विनयशील र धैर्यका कोमल शिशुभाव मनमा उजागर हुन्छ । शिवत्व प्रर्दशन होइन, यो आत्मा अभ्यूदयको उर्जा हो । शून्यता र अन्धकारसँगको मिलन हो । मानवमा जीवत्व र समाजमा देवत्वको पुर्नस्थापना हुनु र दानवी संस्कारको समाप्ती हो ।

शिव पौराणिक वाणीमात्र होइनन्, देवमात्र पनि होइनन् । मानव जीवन, जगत् दर्शन, संस्कृति र समग्रमा बह्माण्डका केन्द्रविन्दु हुन् ।


मानव सम्यताको इतिहासमा समाजले धेरै पटक परिवर्तनका लहर अनुभव गरेको छ । यी लहर विभिन्न आयाममा देखिएका पाइन्छन् । पौराणिक कथाका भगवान शिवलाई विनाशका देवताको रूपमा मान्ने सामान्य प्रवृत्तिप्रति गहिरिएर चिन्तन गर्ने हो भने उनी अद्वितीय क्रान्तिकारी, समाजवादी तथा कर्मयोगी व्यक्तित्व देखिन्छन् । समाजले बहिष्कार गरेकालाई मनमा सजाउँदै आमन्त्रित गरे ।

जन्मभूमिबाट खेदिएकालाई गाँस, बास र कपडाको व्यवस्था मिलाई भोजन र वास ग्रहण गरे । वैदिक कठोर जाति व्यवस्था र कर्मकाण्डको विरोध गरेर सबैलाई अनुयायी बनाई सामाजिक समानताको सोचलाई प्रर्दशन गराए । अर्धमका प्रतीक नङ्ग, धङ्ग, अङ्गभङ्ग, भूत पिशाच, डङ्किनी वेताल, व्रह्मराक्षस, प्ररु भथादी, तम्वु, नारद हाहा, हुहु, उत्तम गन्धर्व किन्नर आदिलाई गण र मित्रमात्र बनाएनन् बरु आत्मीय प्रेरणाका मार्गदर्शक बनाए ।


विवाहका वरयात्री बनाएर उच्च स्तरको जीवनका मूल्य र आदर्शलाई विष्फोटन गराए । व्रह्माण्डको सुरक्षा र सन्तुलनका लागि सबैको अस्तित्वको अपिहार्यतालाई स्वीकार गरेर देव मण्डलका सिमित वर्गलाई चुनौती दिए । लोक कल्याणकारी शासन, सिमाहीन समावेशी, साथै सहभागीतामूलक सिद्धान्तलाई पूर्णतः व्यवहारमा अपनाएका भगवान शिव देवता र दानव दुबैका साझा चौतारी हुन । जन्मजात विरोधी स्वभावका प्राणीहरू पनि भगवान शिवको प्रतापमा प्रेमपूर्ण निवास गरेका छन् । साथै आ–आप्mना बैरभाव हटाइ सहयोग एवम् सद्धभावमा परिणत भएका छन् । जुन पशुप्रेमी र वातावरण प्रेमीका रूपमा चिनाउँछन् । परिवारभित्र र्कािर्तकेय प्रवृत्ति र गणेश संस्कृति बीचको अनेकतालाई सृष्टिको रक्षाको लागि एकतामय बनाए ।


उनको आर्दश परिवारको परिकल्पना प्रत्येक परिवार एवं समाजका लागि ग्राह्य छ भने स्थापित मान्यताले देव मण्डलभित्र हुने छल कपट, अधिकारका अभिलाषी र अरुका अस्तित्वलाई स्वीकार नगर्ने विम्बहरूलाई त्याग र अकिंचनताले प्रहार गरे । शिव स्वरूपमा कहीँ कतैबाट आभूषण र अलङ्कारबाट न विभूषित गर्‍यो, न देवत्वको कुलीनताले छुन सक्यो । वस्तुतः उनी अत्यन्त सरल, गम्भीर र आम मानिसका व्यवहारको प्रतिबिम्बका रूपमा देखिन्छन् । जटा, जुट, भष्म, बनस्पति, श्मशानको राख, सर्प, नन्दी सबै सरलभन्दा सरल साधनका रूपमा परिचित शिवका प्रतीक जीवनका अभिन्न प्रारूप हुन् । विनाशबाट नयाँ सृजना हुने हुँदा विनाशलाई सृजनाको दृष्टि मान्ने दार्शनिकता देखाए ।


ताण्डव नृत्यमार्फत पुरानो अन्यायी संरचना तोडेर नयाँ रित सुरु गरे । उनी सृष्टिको संहारकमात्र होइनन्, सृजनकर्ता पनि हुन् । उनको आकृतिमा आगो र पानी, अमृत र विष, सर्प र मुसा, बाघ र साँडे, भष्म र भूत आदि एक अर्कोका घोर प्रतिस्पर्धी भएर पनि तिनीहरूको अस्तित्वलाई स्वीकार गर्दै उचित व्यवस्थापन गरे । एक पत्थर, एक वेलपत्र, एक अङ्खोरा पानी, दूध, भष्म आदि लिएर धुनी, श्मसान र मन्दिर जहाँ जसरी बसेर पनि गरे पनि हुने सरल शिव पूजा, विचार र चिन्तन शुद्ध समाजवादी व्यवहारका प्रतीक हुन् । अर्ध नारीश्वरको आयाममा नारी पुरुषको समानताको सिद्धान्तलाई सृष्टिमा पहिलो पटक सृजना गराए ।


नारी जीवनदाहिनी हुन् र जननी पनि हुन् । एउटा नारी विवाह पश्चात दुई कुललाई मात्र जोड्दिनन्, बरु एउटा नवीन समाजको निर्माण पनि गर्दछिन् । मानव सभ्यताको सुरुआतसँगै अस्थिर मनलाई स्थिर बनाउन योगको प्रारब्ध गरेर आदियोगीले संसारका हरेक वस्तुलाई प्रयोग र उपयोगको सिद्धान्तमा राखेर व्यवहारमा उतारे । भगवान शिवले जीवनलाई एकातर्पm काम, मोह, मोक्षका स्वरूपमा बिताए भने अर्कोतर्पm श्मसान र कैलाशमा रमाए । जीवनको नयाँ परिभाषा मात्र दिएनन् कि, पृथ्वीको जल, अग्नि, वायु, वनस्पतिलाई जीवनको आवश्यकतालाई जोडेर उपयोगिताको प्रशिक्षण दिए ।


कालकुट विष सेवन गरेर मानव र ब्रह्माण्डको रक्षामात्र गरेरन् कि, यदि मनमा प्रेम, करुणा र दया छन् भने जीवनमा सबै प्रकारका पीडा र विषलाई सहन सकिन्छ भन्ने अहिंसाको महानतम् आदर्शलाई देखाउँछन् । रुद्र रूपमार्फत क्रान्तिकारी शक्तिको नमुना देखाएर मानवलाई आफ्नाे सीमा तोड्न र नयाँ दिशामा अगाडि बढ्न प्रोत्साहित गरे । उनी केवल वैदिक मान्यताका पौराणिक पात्र मात्र होइनन् ।

धार्मिक विश्वास र आस्थामात्र पनि होइनन् । मानव सभ्यतालाई नवीन दिशा दिने र जीवनको स्थिरतालाई भत्काएर गतिशीलता ल्याउने एक विचार–क्रान्तिकारी, सामाजिक–सुधारक र सार्वभौमिक गुरु पनि हुन् । उनीद्वारा देखाइएका ज्ञानका मार्ग मौलिकता, नवीनता साथै प्रगतिशील विचारबाट ओतप्रोत हुनुको साथै सृजनामा विभेदको कुनै भौगोलिक, सामाजिक र सांस्कृतिक सीमाना तथा सांसरिक वैभव देखिँदैन ।


उनको क्रान्तिकारी केवल अस्त्रधारी युद्धमात्र होइन् । विचार, अन्याय र असमानताको विरुद्ध पनि हो । हाम्रो दर्शनमा विद्रोह जगाउने, हृदयमा साहस भर्ने र समाजलाई स्वीकृतिको मार्गमा लैजाने क्रान्तिकारी हुन् । अलौलिक संसारका भगवान शिवलाई लौकिक भवको नजरबाट हेर्दा एउटा कालजयी क्रान्तिकारी र सार्वभौमिक समाजवादी चिन्तक देखिन्छन् ।
आजको भौतिक संसारमा चारैतिर अनैतिकता, अनेकता, अराजकता र अनुशासन हीनताको बोलवाल रहेको छ । व्यक्ति, समाज, एवं हरेक राष्ट्रमा जताततै षडयन्त्र, हिंसा साथै अमानवीय कार्य भएका छन् । मनका प्राकृतिक भूमी विश्रृङ्खलित, विखण्डित र विक्षिप्त छन् ।

मानवीय जीवनका आवाज, दृष्टि एवं मूल्यका किरणहरू धुमिल र मधुर हुँदै छन् । मानिस केवल रूपबाट मात्र मानिस जस्ता देखिएका छन् । तर मानवका विशिष्ट प्राकृतिकता क्षयीकरण हुँदै छन् । व्यवहार दिन प्रतिदिन दानवीय र अमानवीय हुँदै गएका छन् । यस परिस्थितिमा उनका कष्ट, सहिष्णुता, दृढ संकल्पित, धर्यशीलता, आत्मनिष्ठा र अखण्ड साधनाशीलतालाई जीवनका अमूल्य प्रेरणाका स्रोत बनाउँदै शिव, शिव भक्ति र शिवत्व प्राप्तिको यात्रामा समर्पित हुनुको विकल्प हामीसँग छैन ।

तपाईको प्रतिक्रिया