गण्डकीमा युवालाई रोजगारी र सिपसँग जोड्न ‘करियर बुथ’

पोखरा ।
गण्डकी प्रदेशका युवाहरूलाई रोजगारीका अवसर तथा सिपसँग जोड्ने उद्देश्यले एक नौलो कार्यक्रमको सुरुवात गरिएको छ। यसका लागि प्रदेशका १० विभिन्न स्थानमा ‘करियर बुथ’ स्थापना गरिने भएको हो। यो कार्यक्रम काठमाडौँ विश्वविद्यालय र इटिएच जुरिचको सहकार्यमा सञ्चालित शिक्षा प्रणाली कार्यशाला (आइल्याब) नेपाल अन्तर्गत अघि बढाइएको हो।
यो पहललाई औपचारिक रूपमा अघि बढाउन आइतबार पोखरामा एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौता अनुसार, पहिलो चरणमा प्रदेशका १० निकाय तथा स्थानमा यी बुथहरू सञ्चालनमा आउनेछन्। करियर बुथ स्थापनाका लागि हस्ताक्षर गर्ने संस्थाहरूमा रोजगार सूचना केन्द्र पोखरा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान, र व्यवसाय प्रवर्धन केन्द्र पोखरा महानगरपालिका रहेका छन्। यसैगरी, वालिङ नगरपालिका, माछापुच्छ्रे गाउँपालिका, पोखरा प्राविधिक शिक्षालय, किसान प्राविधिक शिक्षालय, उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश र पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युटले पनि सम्झौतामा हस्ताक्षर गरेका छन्।
आइल्याब गण्डकीकी संयोजक तथा वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैरेका अनुसार, यी बुथहरूले युवाको सुनौलो भविष्यलाई रोजगारी र सिपसँग प्रत्यक्ष रूपमा जोड्नेछन्। उहाँले भन्नुभयो, “यसको मुख्य लक्ष्य बेरोजगार युवालाई रोजगारीका अवसरसँग जोड्नु, विभिन्न संस्थालाई दक्ष जनशक्ति उपलब्ध गराउनु तथा कामदारलाई उनीहरूको सिप र रुचि अनुसार मार्गदर्शन गर्नु हो।”
यस कार्यक्रमबाट विशेषगरी आफ्नो रुचि र क्षमता पहिचान गर्न नसकेका युवा, काममा भएर पनि पूर्ण दक्ष नभएका व्यक्ति, तथा अनौपचारिक माध्यमबाट सिप सिकेका कामदारहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। साथै, अनुभवी र आफ्नो पेसामा स्थापित भइसकेका व्यक्तिहरूले पनि यसबाट फाइदा लिन सक्ने बताइएको छ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया