पोखराबाट अष्ट्रेलिया उडान भर्ने सिचुवान एयरलाइन्सको तयारी, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नयाँ आशा

पोखरा ।
चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्ततः नियमित व्यावसायिक उडानको ढोका खुल्ने संकेत देखिएको छ। चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले पोखरालाई आफ्नो हब छेन्दु हुँदै अष्ट्रेलियासम्म जोड्ने गरी उडान सुरु गर्ने तयारी थालेपछि यहाँको पर्यटन क्षेत्रमा नयाँ आशा सञ्चार भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार, सिचुवान एयरलाइन्सले उक्त गन्तव्यमा उडानका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ र दुई पक्षबीच औपचारिक छलफल जारी छ। यो वायुसेवा पोखरा विमानस्थलको सञ्चालन र वातावरणसँग परिचित भइसकेको छ। यसअघि २०८० असारमा ‘नेपाल-चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ को अवसरमा यसले पूर्ण क्षमतामा यात्रुसहित चार्टर उडान सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
पोखरामा मात्र नभई, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान पुनः सुरु हुने भएको छ। कुवेतको जजीरा एयरलाइन्सले आगामी डेढ महिनाभित्रै भैरहवाबाट नियमित उडान थाल्ने तयारी गरेको छ। प्राधिकरणले काठमाडौंमा उडान गरिरहेको जजीरालाई भैरहवामा आकर्षित गर्न निरन्तर प्रयास गरिरहेको थियो। यसअघि दुई पटक उडान गरेर बन्द गरेको जजीराले पुनः चासो देखाएपछि दुवै विमानस्थलमा अन्य विदेशी वायुसेवा पनि आकर्षित हुने प्राधिकरणको विश्वास छ।
विदेशी वायुसेवालाई यी दुई विमानस्थलमा आकर्षित गर्न सरकारले आकर्षक छुट तथा सहुलियत प्याकेजलाई निरन्तरता दिएको छ। २०८१ साउन २८ देखि लागू भएको कार्ययोजनाअनुसार अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीहरूका लागि ल्याण्डिङ, पार्किङ र न्याभिगेसन शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ। यसका साथै, प्रति यात्रु लाग्ने ३,००० रुपैयाँको यात्रु सेवा शुल्क र १,००० रुपैयाँको पर्यटन सेवा शुल्क पनि छुट दिइएको छ।
त्यति मात्र नभई, नेपाल वायुसेवा निगमले प्रदान गर्ने ग्राउण्ड ह्याण्डलिङ सेवामा ७५ प्रतिशत छुटको व्यवस्था छ भने हवाई इन्धनको मूल्य पनि काठमाडौंको तुलनामा प्रतिलिटर करिब २०० डलरसम्म सस्तो पारिएको छ। यी सुविधाहरूले लामो समयदेखि अन्तर्राष्ट्रिय उडान हुन नसकेको गुनासो खेपिरहेका यी दुई विमानस्थलको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया