टुँडिखेल तीज महोत्सव सुरु

समाधान संवाददाता २०८२ भदौ ७ गते ११:५६

पोखरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि सुरु तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ को उद्घाटन गदै प्रचण्डले सो कुरा बताएका हुन् ।

टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा सुरु महोत्सव १५ भदौसम्म संचालन हुने छ ।

तीज मौलिक पर्व रहेकाले यस्लाई मौलिक पर्वको रुपमा मनाउन आग्रह गदै प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका थिए । पोखराको पुरानो टुँडिखेल समेत आफैमा ऐतिहासिक स्थान रहेको र योे पोखराको लागि गर्भ गर्ने स्थान मध्येको एक रहेको बताएका थिए ।

Advertisement


फरक प्रंसगमा प्रचण्डले सबै खालका सामाजिक विभेदहरुको अन्त्य गरेर समाजिक न्यायको एउटा नयाँ अभियानमा आफुहरु रहेको बताएका थिए । उनले भने हामी भएका सबै खालका कुशासनको अन्त्य गरेर शुसासन कायम गर्ने एउटा नयाँ अभियानमा पनि छौ । हामी सबै खालका आर्थिक पछ्यौटेपनको अन्त्य गरेर आर्थिक समृद्धिको नयाँ अभियान लिएर अगाडी बढेको पनि छौ ।
अर्को प्रंसगमा प्रचण्डले भने हामी सबैलाई थाहा छ, फेरि पनि अझै पनि धेरै थुपै समस्या, चुनैती संग हामीले जुध्न परेको छ । मलाई लाग्छ यस्ता कार्यक्रमहरुले हामी सबैमा नकारात्मक भाव हैन् सकारात्मक भाव पैदा गर्न, विभाजन र भू केन्द्रित मनोविज्ञान हैन् एकीकृत र केन्द्रिकृत मनोविज्ञान पैदा गर्ने प्रचण्डको भनाई थियो ।


नेपाल आफैमा विविधतामा एकताको सुन्दर फुलवारी हो भन्ने हामी सबैले महशुस गरेका छौ । कास्की जिल्ला आफैमा एउटा सुन्दर जिल्लाको रुपमा, पोखरा महानगर आफैमा विश्वभर प्रशिद्ध पर्यटकीय गन्तब्यको रुपमा परिचित रहेकाले यस्लाई अझै सपार्ने दायीत्व हामी सबैको काधमा रहेकाले प्रकृतीले बनाएको यो सुन्दर नगर र जिल्लालाई मानविय श्रमदारा अझ सुन्दर र विकसित बनाउन सबै एकजुट हुन आवश्यक रहेको प्रचण्डको सुझाव थियो ।

Advertisement


अर्को प्रंसगमा प्रचण्डले इन्द्रेणीले गरेको विभिन्न सामाजिक कामको प्रशसा गदै, अब गर्ने कामहरुमा आफनो तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताएका थिए ।


कार्यक्रममा दुई जनालाई सम्मान गरिएको थियो । श्रष्टा सम्मानतर्फ गोविन्द कोईराला र शिक्षा क्षेत्रका उल्लेख्य योगदान दिए वापत स्वर्गिय सिद्धी गौचनलाई सम्मान गरिएको थियो ।


महोत्सव उद्घाटन पूर्व पुरानो टुँडिखेलबाट विभिन्न संघ संस्था, आमा समुह, विद्यालय, जातजाति लगायतको सहभागितामा झाकी सहितको र्याली निकालिने थियो । टँुडिखेलबाट सुरु र्याली वडाका विभिन्न स्थानको परिक्रमा पछि पुनः महोत्सव स्थल टँुडिखेलमा आएर उद्घाटन शत्रमा परिणत भएको थियो ।

१० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ५० व्यापारिकस्टलहरु, १२ रेष्टुरेन्टका स्टल, वाल उद्यान रहेका आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । यसै गरि महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ् । महोत्सवमा खुल्ला मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला तिज गित गृहिणी एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत आयोजना गरिने उनले जानकारी दिए । जस अन्र्तगत तिज गित प्रतियोगितामा प्रथम हुनेले ३५ हजार ५५५, द्घितियले २० हजार ५५५, तृतियले १० हजार ५५५, सान्त्वनाले पाँच हजार ५५५, उत्कृष्ट भेषभुषा र नृत्यले तीन हजार ५५५, एकल नृत्य प्रतियोगितामा प्रथम हुनेले १२ हजार ५५५, द्घितियले सात हजार ५५५, तृतियले पाँच ५५५, सान्त्वनाले तीन हजार ५५५, छेलोतर्फ प्रथमले १२ हजार ५५५, द्घितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ र ढिकि जातोतर्फ प्रथमले १२ हजार ५५५, द्धितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ नगद पुरस्कार पाउने प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराम सुवेदीले जनकारी दिए ।

ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न टुर्बोग वियरले सह प्रायोजन सगै गृहलक्ष्मी ग्यास, कर्मा ईन्टरनेश्नल ईम्पोल्यमेन्ट प्रालि काठमाण्डौले उप प्रायोजन गर्ने भएका छन् । यसै गरि बाल्ट्रा होम एप्लिकेसन, राष्ट्रिय वाणिज्य बैक र सालिको इन्स्यूरेन्सले प्रायोजन, राष्ट्रिय माध्यमिक विद्यालयले विशेष सहयोग, सामाजिक विकास यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र पोखरा १, २, ३ वडा कार्यालयले प्रवद्धन गर्ने महोत्सव सम्पन्न गर्न गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, कम्प्लिट गार्डेन न्युरोड पोखरा, गरिमा विकाश बैंक, गौतम स्याङ्गजा सुन चाँदी पसल चिप्लेढुङ्गा, प्रतिभा माध्यमिक बिद्यालय, पराजुली आयल स्टोस पोखरा १, कुवँर हार्डवयर, लान्दुक पेट्रोलियम प्रा.लि, पोखरा इन्टरनेट, निचि वेवि चिप्लेढुङ्गाले सहयोग गरेका छन् ।


महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान रहेको र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक केन्द्रका कोषाध्यक्ष एंव महोत्सव लेखा तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक वेद प्रसाद वस्तीले जानकारी दिए ।


महोत्यसको उद्घाटन शत्रमा प्रतिनिधि सभाका सदस्य दामोदर पौडैल, गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, संविधान सभा सदस्य सारदा पौडैल, आयोजक केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, पोखरा १ का अध्यक्ष सहारा प्रधान, पोखरा २ का अध्यक्ष दिवसमान प्रधानाग, आयोजक केन्द्रका उपाध्यक्ष निरज विक्रम राणा लगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गदै तीजलाई भड्किलो हैन मौलिक रुपमा मनाउन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया