तीज महिला स्वतन्त्रताको पर्व : प्रदेश प्रमुख भट्ट

पोखरा ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले हरितालिका तीजलाई महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वको रूपमा व्याख्या गरेका छन् । नेपाली हिन्दू महिलाहरूको महान् पर्व तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वको छुट्टै महत्व रहेको बताए ।
प्रदेश प्रमुख भट्टले तीज सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीक भएको उल्लेख गरे । यो पर्वले नेपालीलाई एकताको सूत्रमा बाँधेर धार्मिक सहिष्णुता र सद्भाव कायम गर्ने उनको भनाइ छ । साथै, यसले एकआपसमा खुसी साटासाट गर्ने र मनोरञ्जनको अवसर दिने उनले बताए ।
‘तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने ।
उनले चाडपर्वसँग गाँसिएका विकृति र विसंगतिहरूलाई कम गर्दै मौलिक पक्षको जगेर्ना गर्न सम्बद्ध सबैलाई आह्वान गरे । ‘नेपाली मौलिक संस्कृति सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउन अपिल गर्दछु,’ शुभकामना सन्देशमा उनले भने ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया