ढुंगेदेउरालीलाई लामाचौर कप भलिबल उपाधि, अन्तर मावि छात्रातर्फ शान्ता विजयी

पोखरा । ढुंगेदेउराली क्लबले रारा लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै उपाधिसहित नगद ३ लाख जितेको हो । उपविजेताले १ लाख ५० हजार प्राप्त गरेको छ ।
खचाखच दर्शकमाझ अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाएको भए पनि स्याङ्जा पौवेगौडेको ढुंगेदेउरालीले २२–२५, २५–१८, २५–२७, २६–२४ र १५–१२ सेटले उपाधिमा कब्जा जमाउन सफल भएको हो । चौथो सेट २४–२४ को रोमाञ्चक मोडमा पुगेकोमा सञ्जुविक्रम शाह कप्तानीको ढुंगेदेउरालीले विपक्षीलाई रोकेको थियो ।

पुरुषततर्फ ढुंगेदेउरालीका सफल बिक सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार पुरस्कार पाए । उनी फाइनलमा म्याच अफ दि म्याच पनि बने । विधागत पुरस्कारमा ढुंगेदेउरालीले नै वर्चश्व जमाएको छ । बेस्ट स्पाइकर सञ्जुविक्रम शाह, बेस्ट डिफेन्डर राजन दर्लामी, बेस्ट सर्भर किसान गुरुङ, इमर्जिङ प्लेयर सुगम सुनार र बेस्ट कोच विक्रम नेपाली भए ।
जिएम समाजका विवश आले बेस्ट सेटर र हिमाल सुनारी बेस्ट ब्लकर घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । ढुंगेदेउराली लिग चरणमा समूह ‘ए’ को उपविजेता हुँदै सेमिफाइनल पुगेकोमा एपिएफ पोखरालाई सोझो सेटमै पराजित गरी फाइनलमा जिएम समाजसँग भेट सुनिश्चित गरेको हो । जिएम समाजले पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजको चुनौती सोझो सेटमै पन्छाउँदै फाइनल पुगेको थियो ।

यसैगरी, लामाचौर कप अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको उपाधि शान्ता माविले जितेको छ । फाइनलमा टप्स माविलाई ३–१ सेटमा पराजित गर्दै उपाधिसहित नगद १ लाख जितेको हो । उपविजेताले ५० हजार पुरस्कार प्राप्त गरेको छ । टप्सले पहिलो सेट आफ्नो पक्षमा पारेको थियो । तर शान्ताले एकाएक रणनीतिक खेल खेल्दै २२–२५, २५–६, २५–१३ र २५–१४ सेटमा उपाधि जितेको हो । बेस्ट प्लेयर शान्तकी पृथ्वी गाह बनिन् ।
शान्तकै अपेक्षा बिक बेस्ट स्पाइकर, अस्तर राई बेस्ट सर्भर, प्रमिला नेपाली बेस्ट ब्लकर, एलिना गुरुङ बेस्ट लिबेरो, टप्सकी एलिजा आले बेस्ट सेटर घोषित भए । बेस्ट कोच शान्तका दिनेश चौधरी र राइजिङ प्लेयर पोखरा युनाइेटेडकी यमुना थापा बने ।
नवआदर्शले संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत लामाचौर कप आयोजना गरेको हो । सो अवसरमा खेलकुदसहित विविध सांस्कृतिक एवं सांगीतिक कार्यक्रम भएको अध्यक्ष इ.दिनेश भण्डारीले बताए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया