राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा जोड

पोखरा ।
पोखराको नयाँबजारमा ‘दोस्रो खुल्ला नयाँबजार कप भलिबल प्रतियोगिता २०८२’ बिहीबारदेखि सुरु भएको छ । नयाँबजार युवा क्लब पोखरा–९ले प्रतियोगिताको आयोजना गरेको प्रतियोगिता शनिबारसम्म चल्ने छ ।
आरम्भ स्पोर्टस् हाउस नयाँबजारको सहआयोजनामा प्रतियोगिता भएको हो । क्लबका अध्यक्ष समीर श्रेष्ठका अनुसार प्रतियोगितामा २२ वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेल निकै रोमाञ्चक रह्यो । खेलमा रेडियो अकलाको टिमले आयोजक नयाँबजार युवा क्लबलाई २–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । खेलले प्रतियोगिताको सुरुवातमै प्रतिस्पर्धात्मक माहोल सिर्जना गरेको छ ।
प्रतियोगिताको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले गरे । उद्घाटन समारोहमा बोल्दै गुरुङले भलिबल नेपालको राष्ट्रिय खेल भएको र यसको आकर्षण तथा महत्व दिन प्रतिदिन बढ्दै गइरहेको बताए ।
उनले नयाँबजार युवा क्लबले आयोजना गर्ने भलिबल लगायतका खेलकुद गतिविधिमा समितिको सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष गुरुङले क्लबसँगको समन्वयमा खेलकुदका गतिविधिहरू अगाडि बढाउने र क्लबले आयोजना गरेको प्रतियोगितालाई समितिले सकारात्मक रूपमा लिएको जानकारी दिए ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको यो प्रतियोगिता भदौ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका संयोजक विनोद रामदामका अनुसार विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रथम हुने टिमलाई ३० हजार, द्वितीय हुने टिमलाई २० हजार र तृतीय हुने टिमलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया