चेतनशील आदर्श युवा क्लबद्वारा सरसफाइको १५ औं शृङ्खला सम्पन्न
समाधान संवाददाता
२०८२ भदौ १६ गते १२:२०

लेखनाथ। पोखरा–३०, शिशुवामा रहेको चेतनशील आदर्श युवा क्लबले हरेक महिना गर्दै आएको सरसफाइ कार्यक्रमको १५ औँ शृङ्खला सम्पन्न गरेको छ।
वातावरण संरक्षणका लागि स्थानीय तहमा सरसफाइको महत्त्व बुझाउने उद्देश्यले राखिएको सरसफाइको १५ औँ शृङ्खलामा शिशुवा चोक वरपर र शिव मन्दिर परिसरमा सरसफाइ गरिएको क्लबका सल्लाहकार ओमकार पाण्डेले जानकारी दिए।
कार्यक्रम संयोजक भीष्मराज लामिछानेको नेतृत्वमा निस्किएको टोलीले स्थानीयलाई आफ्नो टोल वरपर आफैँ सफा राख्न अनुरोध गरेको थियो। क्लबका अध्यक्ष विशाल गुरुङले सरसफाइ अभियानलाई सबैको साथ र सहयोगले निरन्तरता दिने बताए। उनले क्लबले आगामी असोज ११ र १२ गते दशैँ टोल कपको आयोजना गर्न लागेको पनि जानकारी दिए।
सम्बन्धित






बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया