पोखरामा स्नूकर प्रतियोगिता सुरु

पोखरा ।
खेलकुदको शहर पोखरामा दोस्रो संस्करणका नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ सुरु भएको छ । पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रालिको आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा मंगलबार देखि सुरु भएको हो ।
पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा यही भदौं २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । कार्यक्रममा बोल्दै उहाँले स्नुकर खेल खेल्ने खेलाडीहरु समाजमा हेर्ने दृष्टिकोणमा सकरात्मक परिवर्तन गर्नुपर्ने बताए । मेयर आचार्यले स्नुकर खेल इण्डोर हल भित्र खेलिने निकै शान्त ढंगले शारीरिक तथा मानसिक रुपमै खेलिने तर अन्य खेल भन्दा केही महङगो भने हुने गरेको उनकाे भनाइ छ।
प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै यस बर्ष देखि महानगर प्रबद्र्धकका रुपमा रहेको मेयर आचार्यले जनाए । पर्यटनको राजधानि पोखरामा हरेक दिन जसो विभिन्न खेलकुद प्रतियोगिता जारी रहेको उनले उल्लेख गरे । पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगीले उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
बक्सिङका पदकधारी खेलाडी एवं अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरा क्षेत्रमा हुने खेलकुदका गतिविधिलाई पोखरा महानगरले आवश्यक सहयोग गर्न सुझाव दिए । कुनै पनि देशमा खेलकुदका गतिविधि हुनुले खेलाडी उत्पादन र खेलुकदको विकाससंगै देशको आर्थिक पक्ष राम्रो भएको सन्देस प्रवाह हुने उनको तर्क थियो ।
नेपाल विलिडियार्ड स्नुकर तथा पुल संघका अध्यक्ष सरोज कुमार मुल्मीले उक्त प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउदै दशौं राष्ट्रिय खेलकुदमा यस खेललाई समावेस गर्न पहल गरेको उल्लेख गरे । नेपालले यस खेलबाट पदकको राम्रो सम्भावना भएको उनको भनाइ छ ।
प्रतियोगितामा देशभरबाट १ सय ३६ जना खेलाडीको सहभागि भएको संस्थाका अध्यक्ष सोम बिकले बताए । प्रतियोगिताका विजेताले नगद २ लाख २ हजार २ सय २ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगितामा दोश्रो हुनेलाई ८० हजार प्रदान गरिने भएको छ भने सेमिफाइनलमा प्रवेश गर्ने दुई खेलाडीलाई जनही २५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा हाइएस्ट ब्रेकरलाई २० हजार र प्रत्येक खेलमा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई ७ हजार ५ सय रुपैया प्रदान गरिने भएको छ । प्रतियोगितामा पुरस्कार राशी ३ लाख ५९ हजार ७ सय २ रहेको आयोजकले जनाएको छ ।
यस अघि २०८० सालमा पहिलो संस्करण भव्यतापूर्वक सम्पन्न भएपश्चात दोश्रो संस्करण पोखरामा भएको हो । गत संस्करणका विजेता इटहरीका आयुष गौतम थिए । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अध्यक्ष बिकले जनाए ।
प्रतियोगिताले पोखरा क्षेत्रको स्नूकर खेलको स्तरवृद्धि, पर्यटन प्रवद्र्धन र खेलकुद संस्कृतिको विकासमा योगदान पुग्ने फाइनल स्कोर स्पोट्र्स बार प्रालिका अध्यक्ष सोम बिकले विश्वास व्यक्त गरे । साथै, पोखरालाई खेलकुद र पर्यटनको शहरको रुपमा स्थापित गर्न पनि यसले सहयोग गर्ने उनको भनाइ थियो ।
प्रालिका सञ्चालक प्रताप गुरुङले पनि यस प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उक्त प्रतियोगितालाई पोखरा महानगरले प्रबद्र्धन गरेको छ । भोलि बिहान बाट पहिलो चरणका खेलहरु जारी रहने आयोजकले जनाएको छ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया