महिला भलिबल लिगको ट्रफी सार्वजनिक

पोखरा । पोखरामा हुने दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को ट्रफी सार्वजनिक गरिएको छ । भदौ २० देखि २८ सम्म पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको ट्रफी बाराहीघाटमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सार्वजनिक गरेका हुन् ।
पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा पोखरामा आयोजना हुने भलिबल लिग पोखराका लागि निकै महत्वपूर्ण हुने नगर प्रमुख आचार्यले बताए । ‘पर्यटकीय राजधानी पोखरा खेल पर्यटनको पनि हब सिटी हो, उनले भने, ‘यसले पोखराको पर्यटनलाई थप उचाइमा पु¥याउन र महिला भलिबल हेर्ने पोखरेली दर्शकको चाहना पूरा गर्ने छ ।’
प्रतियोगितामा ६ फ्रेन्चाइज टोली काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । पोखरा निन्जाजले पर्यटकीय राजधानी पोखराको प्रतिनिधित्व गर्ने छ । त्यसअघि बिहीबार साँझ पोखराको लेकसाईडमा नगर प्रमुख नेतृत्वको टिम धनराज र महानायक नेतृत्वको टिम राजेशका बिचमा मैत्रीपूर्ण भलिबल हुनेछ ।








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया