सामुदायिक प्रहरी बगरको साधारण सभा

समाधान संवाददाता २०८२ भदौ २१ गते १७:५०
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (0.35555556, 0.7027778); modeInfo: ; sceneMode: 8; cct_value: 5300; AI_Scene: (-1, -1); aec_lux: 62.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 42;

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको २२ औं वार्षिक सधारण सभा शनिबार भएको छ । सभामा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक तुलबहादुर कार्कीले कमभन्दा कम खर्च गरी उत्कृष्ट काम सामुदायिक केन्द्रहरुले गरेको उल्लेख गरे ।

‘समाजमा हुने हरेक अपराधिक घटना नियन्त्रण गर्नमा यहाँहरुको भूमिका अतुलनीय रहेको छ’, कार्कीले भने, ‘प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै नेपाल प्रहरी तपाईहरुसँग हातेमालो गरेर अगाडि बढ्नेछ ।’ उनले पछिल्लो समय लागुऔषध दुव्र्यसनी धेरै न्यूनीकरण हुँ गएकाले अझै सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउँदै लैजानुपर्ने उल्लेख गरे ।


माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले माछापुच्छ्रे आत्महत्याका घटना बढी हुने गरेको बताउँदै आत्माहत्यासँगै अन्य अपराधिक घटना न्यूनीकरण गर्नका लागि सामुदायिक सेवा केन्द्रसँग समन्वय गरेर अगाडि बढेको उल्लेख गरिन् । पोखरा महानगर पालिका वडा नं. १ का वडाध्यक्ष साहारा प्रधानले सामुदायिक सेवा केन्द्र बगरले गरेका हरेक गतिविधि उत्कृष्ट रहेको बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका संस्थापक अध्यक्ष सीता गुरुङले लागुऔषध नियन्त्रणमा अझै बढी सक्रिय भएर लाग्नुपर्नेमा जोड दिइन् ।

Advertisement

सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की महासचिव घनश्याम तिम्सिनाले समाजमा हुने विकृति, विसंगति न्यूनीकरण गर्न कास्कीका सामुदायिकले उल्लेखनीय भूमिका खेलेको बताए । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगरका पूर्वअध्यक्ष पुरुषोत्तम श्रेष्ठले नागरिक र प्रहरीबिचको सम्बन्ध जोड्ने काम गर्ने सामुदायिक सेवा केन्द्रमा पछिल्लो समय दरबन्दी घटाउदा काम गर्न असहज भएको उल्लेख गरे ।

कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य तथा वर्तमान सल्लाहकार विश्वमोहन गौचन र जिल्ला प्रहरी कार्यालय कास्कीका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेलका प्रमुख प्रहरी निरीक्षक सरला ढकाललाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा १० जोड २ मा उत्कृष्ट अंक ल्याउने संस्थाका आजीवन सदस्य बाबुराम भण्डारी तथा साधारण सदस्य सीता भण्डारीकी छोरी शुष्मा भण्डारी, साधारण सदस्य भानुभक्त अधिकारीका छोरा सुशांक अधिकारी र आजीवन सदस्य प्रकाशचन्द्र सापकोटाकी छोरी प्रविना सापकोटालाई नगदसहित सम्मान गरियो ।

Advertisement

हालै निर्वाचित सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका पदाधिकारी तथा सदस्यलाई स्वागत तथा वधाई ज्ञापन गरिएको छ । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका सचिव कृष्णबहादुर तमा·ले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमलप्रसाद बास्तोलाले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका अध्यक्ष कुमारी मुना बास्तोला, कन्या क्याम्पसका नदीपुरका क्याम्पस प्रमुख सुरेशकुमार मानन्धर, इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी र सिद्धार्थ आमा समूह अध्यक्ष रीता लामिछानेले बोलेका थिए ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष रामभूषण पराजुली र सचिव कृष्णबहादुर तमा·ले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया