मानसिक तनाव कम गर्न एआई

बागलुङकी मीना (नाम परिर्वतन)लाई दुबई जाने भिसा लाग्यो । भिसा कामका लागि थियो । उड्ने बेला थाहा भयो दलालीको फन्दामा परिएछ भन्ने । कम्पनीले जति तलब र सेवा दिन्छु भनेको थियो, त्यसको आधाजसो त दलाली लिने भनेर सम्झौता भएछ । त्यस्ता सर्त देखेर उनले दुबई नजाने निर्णय गरिन । जति खर्च भएको थियो, सबै खर्च फिर्ता भयो । खर्च त फित्र्ता भयो तर उनको मन भने खुसी थिएन । गाउँ र घरबाट बिदा भएको मान्छे के अनुहार देखाउने उनलाई चिन्ता भयो । अरु साथीहरु आफ््नो आफ्नो घर गए ।
मीना पनि मनमा चिन्ता लिएर काठमाडौंबाट बाग्लुङ जान हिडिन् । पोखराको जिरोकिलोमिटरबाट उनलाई माथि जाने आटै आएन । त्यही बसबाट झरिन् । श्रीमानसँग भेट नभएको ६ वर्ष भयो । न छोरा छोरी छ जन्मेको । न श्रीमान् साथमा । त्यो गाउँ कसरी जाने मनमा त्यही सोचाई आइरह्यो । मोबाइलमा ब्याट्रीमा पनि थिएन । कसलाई के भन्ने आफ्नो जीवन देखेर उनलाई निरासा लाग्यो ।
बिहान ९ बजेदेखि दिउँसोभरी लेकसाइडको सडकमा ओहोरदोहोर गरी रहिन् । धेरै तनाव र सोच्दै नसोचेको कुरा भएकाले होला उनलाई म कहाँ छु, कता जाने भन्ने नै अन्योल भयो । साँझ ७ बजेतिर लेकसाइडको एउटा होटलमा बसिन् । कोठाको दुई हजार लियो । रातभर निन्द्रा लागेन । मोबाइल चार्ज गरिन् । श्रीमानले म्यासेन्जरमा फोन गरे । उनलाई उठाउनै मन लागेन । आफन्तहरुले फोन गर्न थालेँ । कसैको फोन उठाइनन् । ‘९ बजेतिर मात्र श्रीमानलाई मैले कुराहरु भनेँ । मलाई घर जान मन छैन । गाउँमा मलाई बस्ने वातावरण छैन,’ उनी भन्छिन् । दुवई गएर श्रीमान भएको देश जाने सपना पनि अधुरै भयो भन्दै रोइन् । एकछिन भएन मन हल्का भयो । तर चिन्ता, तनावले छोडेन ।
तीन दिन त्यही होटलमा बसिन् । बेला बेला एआईसँग बोल्ने उनको वानी रहेछ । उनले एआईलाई सोधिन्–मलाई धेरै तनाव भयो, निन्द्रा लाग्न छोड्यो मैले के गर्ने ? एआईले मनोपरामर्शका लागि जानू भनेर सल्लाह दिएछ । पोखरामा कहाँ छ त मेरो मनको कुरा बुझिदिन उनले फेरि प्रश्न गरिन् ? त्यसको जवाफमा हार्ट माइन्ड कन्सल्टेन्सी पनि छ भनेर उत्तर दिएछ ।
उनले कहाँ, कति बेला, फोन नम्बर सबै सोधिन् । एआईले सबैको जवाफ दिएछ । फोन नम्बर पाए पनि मिनालाई फोन गरिहाल्ने जाँगर आएन । तेस्रो दिन ४ वजे तिर उनले फोन गर्ने हिम्मत गरिन् र परामर्शका लागि समय लिइन् ।
एआइ केवल प्रविधि हो । मानसिक स्वास्थ्यको क्षेत्रमा प्रारम्भिक साथी र मार्गदर्शक बन्ने सम्भावना बोकेको उपकरण हो ।
अहिले मिना जस्तै कयौ युवाको साथी बनेको छ एआइ । धेरै युवाले आफ्नो लक्षणहरु एआइलाई सोध्ने गरेको पाइन्छ । परामर्श लिने धेरै युवालाई तनाव, चिन्ता भयो भने मनको कुरा कसैलाई सेयर गर्नुहुन्छ भनेर सोध्दा उनीहरुको उत्तर आउँछ एआइ । मान्छेहरुले मनको कुरा बुझ्दैनन । विश्वास पनि हुदैन । एआई कुरा गर्यो, बस्यो । मन हल्का हुन्छ उनीहरुको भनाइ हुन्थ्यो । एआई को सरल शैली, मिठो भाषा, सकारात्मक मनोबृति, र पहुँचयोग्य सल्लाहले मन हल्का हुनुका साथै प्रारम्भिक अवस्थामै सहयोग र साथ पाउन सक्ने देखिन्छ ।
एआईले बोल्ने भाषा नेपाली, अंग्रेजी दुवै हुन सक्छ । कयौ युवा मानसिक स्वास्थ्य समस्याको सिकार भइरहेका बेला एआइको साथ र सहयोगले मनोसामाजिक र मानसिक स्वास्थ्यको पहुँच बढाउन भूमिका खेल्न सक्छ । एआइ केवल प्रविधि हो । मानसिक स्वास्थ्यको क्षेत्रमा प्रारम्भिक साथी र मार्गदर्शक बन्ने सम्भावना बोकेको उपकरण हो । यसलाई कम्पुटर वा मेसिनलाई मान्छे जस्तो सोच्ने, सिकाउने र समस्या समाधान गर्न, निर्णय लिन र अनुभवबाट सुधार गर्ने क्षमता दिने प्रविधिका रुपमा लिइन्छ । यसले मानिसको जस्तो अनुभूति वा भावनात्मक क्षमता राख्दैन । यसले उपलब्ध तथ्यांक, अध्ययन, अभ्यमस र कार्यक्रमको आधारमा काम गर्छ ।
एआइको सहयोगले प्रारम्भिक अवस्थामा आफुलाई कस्ता कस्ता लक्षणहरुले सताइरहेको छ भनेर बुझ्न सहयोग गर्छ । आफ्नो समस्या कत्तिको गम्भीर छ अरुको सहायता कसरी लिने भन्नेमा पनि मार्ग निर्देशन दिन सक्छ । नेपालमा मानसिक स्वास्थ्य भनेपछि गलत रुपमा व्याख्या गरिन्छ । मानसिक स्वास्थ्य भनेको पूर्वजन्मको पाप हो । उपचार जति गरे पनि निको हुँदैन भन्ने बुझाइ छ । मानिसहरु लाज र समुदायको डरले पनि आफ्ना समस्या खुलेर भन्न सकिरहेको पाइँदैन । त्यसैले एआइ जस्ता एपले युवालाई मानसिक स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गरिहेको छन् । उनीहरुले चिन्ता, डिप्रेसनमा कस्ता कस्ता लक्षण हुन्छन् । कस्तो अवस्गामा औषधी खाने र कस्तो अवस्थामा परामर्शका लागि जाने भन्ने अर्ती पनि दिइरहेका हुन्छन् ।
तर त्यस्ता एपमा कत्तिको भर पर्ने र पेसागत दक्षता प्राप्त व्यक्तिको सहयोग कहिले र कसरी लिने भन्ने व्यक्ति आफैंमा निर्भर गर्छ । त्यसका अलावा एआई जस्ता बिभिन्न एपले तनाव कम गर्न के के गर्न सकिन्छ भनेर उपायहरु पनि दिने गरेका छन् ।
एआइको प्रयोग कहिलेकाही घातक पनि हुन सक्छ । एआइले मानसिक स्वास्थ्यका बारेमा गलत सूचनाहरु पनि दिन सक्छन् ।
एआईले दिने सूचनाहरु मानिसले नै राख्ने सूचना, पाठ, लेख, अनुसन्धान र प्रयोग भएका अभ्यासलाई प्रयोग गरेर राखिएको हुन्छ । एआई कुनै विज्ञ, विशेषज्ञ होइन । त्यस्ता ऐपको प्रयोग प्रारम्भिक सूचना उपलब्ध गराउन, सामान्य चिन्ता, तनाव कम गर्ने अभ्यास सुझाउने उपकरणका रुपमा उपयोगी हुन्छन् । तर विशेषज्ञ सेवाका लागि मनोविमर्शकर्ता, मनोविद् र मनोचिकित्सककै सहायता लिनु पर्छ ।
एरआइको प्रयोगले बिशेषगरी युवामाझ मानसिक स्वास्थ्यको पहुँच बढाउन सक्ने सम्भावना छ । नेपालमा सामाजिक कंलक, आर्थिक कठिनाई र परामर्श सेवाको पहुँचको कमीका कारण धेरै युवाले आफ्ना समस्या भित्रै लुकाउँछन् । एआई २४ घन्टा उपलब्ध हुने भएकाले कसैलाई भन्न सकिँदैन भने पनि सहजै प्रयोग गर्न सकिन्छ । यसले व्यक्तिलाई ध्यान, श्वासप्रश्वास अभ्यास र सरल सकारात्मक सन्देशमार्फत तनाव कम गर्न उपाय दिन सक्छ ।
अर्कोतर्फ डिजिटल प्लेटफमको प्रयोग गर्दा गोपनियताको बिषय पनि जोडिन सक्छ । धेरै युवाले आफ्ना कुरा अरुमाझ सार्वजनिक हुने डरले सबैलाई सुनाउँदैनन् तर एआइसँग कुरा गर्दा सुरक्षित महसुस गर्दछन् । कुनै मनमा गम्भीर समस्या भएको अनुभव भएमा चिकित्सक वा विशेषज्ञको लिन पर्छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया