जेनजी, सुशासन र नयाँ किरण

जुनतारा हेर्ने आँखा, अब कुहिएको घामले ढाक्दैन अर्थात् नयाँ पुस्ता अब साँचो हेर्छ, झुटबाट प्रभावित हुँदैन। चुल्हो बाल्न नपाएका हातहरूले अब देश बाल्ने आँट गर्दैछन्। यही २१औँ शताब्दीको उत्तरार्धमा जन्मेका युवाहरूलाई ‘जेनरेसन जेड (जेनजी) भनिन्छ अर्थात् तीव्र डिजिटल, खुला र पारदर्शी समाजमा जन्मिएको पुस्ता हो ( जेनजी) सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको यो पुस्ता प्रविधिमा हुर्किएको, सामाजिक न्यायप्रति संवेदनशील र सशक्त विचारधारासहितको पुस्ता पनि हो। जेनजी पुस्ता प्रविधि–साक्षर, सूचना–संवेदनशील र मूल्य–आधारित सोचमा हुर्किएको पुस्ता हो, जसले सुशासन, सदाचार र सार्वजनिक जीवनप्रति गहिरो चासो राख्छ।
आजभोलि केवल परीक्षामा अंक मात्र खोज्दैन, यो पुस्ता समाजमा न्याय, राष्ट्रमा उत्तरदायित्व र शासनमा पारदर्शिता पनि खोज्छ। यो पुस्ता अहिले विश्व सामाजिक, राजनीतिक र प्रविधि परिदृश्यमा प्रभावशाली उपस्थितिका साथ उदाएको छ। प्रविधिमा निपुण, सामाजिक न्यायप्रति सजग र नवप्रवर्तनमा अग्रसर यो पुस्ता केवल उपभोक्ता मात्रै होइन, परिवर्तनको सम्भावित वाहक हो। सुशासन र सदाचारप्रति यो पुस्ताको गहिरो र स्पष्ट अपेक्षा छ। तर, उनीहरूले संसारमा पाइरहेको सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो – ‘भ्रष्टाचार’ जसले उनीहरुको भविष्यको मार्गमा अनिश्चितताको कुहिरो फैलाएको छ।
सुशासन भनेको जनताको सेवा गर्ने शासन, जहाँ शासन प्रणाली पारदर्शी, जवाफदेही, निष्पक्ष र उत्तरदायी हुन्छ। नेपालको संविधानले पनि सुशासनलाई राज्यका आधारभूत उद्देश्यमध्ये एक मानेको छ। तर व्यवहारमा सुशासनको अनुभूति कतै कमजोर, कतै निराशाजनक देखिन्छ। यही कारणले गर्दा जेनजी पुस्ता शासन प्रणालीप्रति थप सजग, संशयी र सक्रिय बन्दै गएको छ। यस पुस्ताका लागि भ्रष्टाचार पुरानो रोग, नयाँ पीडा बनेको छ। यद्यपि भ्रष्टाचार कुनै नयाँ समस्या होइन, तर यसको प्रभाव प्रत्येक पुस्तामा फरक ढङ्गले देखापर्ने गर्छ।
नेपालमा भ्रष्टाचार केवल शासन प्रणालीमै सीमित छैनस यो शिक्षा, स्वास्थ्य, रोजगार, प्रशासन, न्याय र नीति निर्माणसम्म व्याप्त छ। यसले समग्र शासन प्रणाली, न्याय व्यवस्थासम्मलाई विषाक्त बनाउँदै आएको छ। नेपालको सन्दर्भमा त भ्रष्टाचारले अवसरभन्दा पहुँचलाई प्राथमिकता दिएको स्पष्ट देखिन्छ। ठूला आयोजना, सार्वजनिक खरिद, शिक्षण अस्पताल, सरकारी जागिरको भर्ती प्रक्रिया, सबै ठाउँमा घुस, सिफारिस र भागबन्डा हावी छ।
छात्रवृत्ति वितरणमा हुने राजनीतिक हस्तक्षेप, लोकसेवा परीक्षामा देखिने पहुँचको खेलदेखि सार्वजनिक सेवामा हुने ढिलासुस्ती र घुसखोरीसम्मकै यी सबैको मार जेनजी पुस्ताले खेप्नुपरेको छ। उनीहरू जसले अझै जागिर खोज्ने उमेरमा छन्, जसले अझै देशमै केही गर्न चाहेका छन्। तर यही कारणले अहिले युवा पुस्तालाई निराश बनाउनुका साथै विदेश पलायनतर्फ धकेलिरहेको छ।
जेनजीस् मौन होइन, सशक्त पुस्ता
जागिरको खोजीमा होइन, न्यायको खोजीमा छ जेनजी। अघिल्ला केही पुस्ता भ्रष्टाचारलाई नियति मानेर चुप लागे पनि, जेनजी त्यस्तो होइन। उनीहरू डिजिटल माध्यमबाट सशक्त भएका छन्। फेसबुक, ट्विटर, टिकटक, एक्स, युट्युब जस्ता प्लेटफर्ममा उनीहरूले सामाजिक अन्यायको विरुद्धमा आवाज उठाएका छन्। कुनै गलत निर्णय वा नीति आए, उनीहरू ट्रेन्ड चलाएर प्रतिरोध गर्छन् भने शासन प्रणाली सुधार्नु केवल नारा मात्रै होइन, उनीहरूको कर्तव्य पनि हो। अहिलेको जेनजी आन्दोलनकारीको रूप फरक छ। उनीहरू सडकमा मात्रै होइन, सोसल मिडियामा पनि उत्तिकै सशक्त आन्दोलन गर्छन्।
नेपालका युवा आन्दोलनले जेनजी पुस्ताको चेतनशीलता र सक्रियता उजागर गरेका छ। चिकित्सा शिक्षा सुधारका लागि डा। गोविन्द केसीको आन्दोलनमा विद्यार्थीहरूको सहानुभूति मात्र होइन, प्रत्यक्ष सहभागिता थियो। लोकसेवा आयोगको समावेशिता सम्बन्धी विवादमा सामाजिक सञ्जालमार्फत व्यापक आवाज उठाइयो। शिक्षा, स्वास्थ्य वा प्रशासनमा देखिएका अनियमिततामाथि डिजिटल अभियानहरू नियमित भएका छन्। यी अभियानहरू केवल विरोधको स्वर मात्रै होइन संविधानमा नै ग्यारेन्टी गरिएको पारदर्शिता, समानता र जवाफदेहिताको माग पनि हो।
जेनजीको अभियानको स्वरूप कस्तो हो तरु सरकारका हरेक क्रियाकलाप खुला र सार्वजनिक होस् अर्थात् डिजिटल पारदर्शिता होस् भन्ने हो। यस पुस्ताले इ–गभर्नेन्स र डिजिटल सूचना पहुँचमा जोड दिन्छ भने विद्यालय, क्याम्पस, अनलाइन मञ्चहरूमा भ्रष्टाचार विरुद्ध सचेतनामूलक साक्षरता र सचेतना अभियान फैलाएको छ। ‘कसैले सुन्दैनु भन्ने सोचलाई तोड्दै, जेनजी पुस्ता कानुनी, सामाजिक च्यानलबाट घटनाको उजुरी गर्ने संस्कार र संस्कृति विकास गर्दैछ। साथै, राजनीति र सामाजिक संस्थामा इमानदार, पारदर्शी नयाँ नेतृत्व निर्माणको माग गर्दै सक्रिय नागरिक बन्न थालेका छन्।
नेपालमा मात्रै होइन, विश्वका विभिन्न देशहरूमा जेनजी पुस्ताले प्रभावशाली सामाजिक आन्दोलनहरूको अगुवाइ गरिरहेका छन्। जहाँ जेनजीले इतिहास बदले, –हङकङको लोकतन्त्र आन्दोलनमा (सन् २०१९) हजारौँ जेनजीले चीनको कडा नीति विरुद्ध मोबाइल एपहरू प्रयोग गर्दै स्वतन्त्रता र पारदर्शी शासनको पक्षमा आन्दोलन गरे भने स्कुल, विश्वविद्यालयका विद्यार्थीले डिजिटल मञ्चमार्फत विश्वव्यापी समर्थन पनि जुटाए। ग्रेटा थनबर्ग र जलवायु आन्दोलन (स्वीडेन) जहाँ एक किशोरीले सुरु गरेको अभियान ‘फ्राइडेज फर फ्यूचरु अहिले विश्वव्यापी छ। जसमा जेनजीको व्यापक सहभागिता देखिन्छ। नाइजेरिया आन्दोलन, जहाँ प्रहरी दमन र भ्रष्टाचारको विरुद्धमा युवाहरूले सोसल मिडिया प्रयोग गर्दै सरकारलाई गम्भीर निर्णय लिन बाध्य पारे र विश्वव्यापी चासो उत्पन्न गराए।
जेनजी पुस्ता अब सस्तो नाराबाट होइन, नतिजा खोज्ने व्यवहारिक लडाइँबाट इतिहास बदल्न चाहन्छ। भ्रष्टाचार विरुद्धको अभियान अब केवल नारामा सीमित छैन। जेनजी पुस्ता यस विषयमा रणनीतिक, सृजनात्मक र सङ्गठित दृष्टिकोणले अघि बढिरहेको देखिन्छ। डिजिटल निगरानी र सूचना अधिकारको प्रयोग, सार्वजनिक निकायहरूको जवाफदेहिताका लागि तथ्यमा आधारित माग, नीति निर्माणमा युवा प्रतिनिधित्वको माग, शिक्षा प्रणालीमै पारदर्शिता र जवाफदेहिताको अभ्यास तथा स्वस्थ सामाजिक संवाद र बहसको संस्कारसहित मैदानमा यस पुस्ता छ। यी पक्षहरूले देखाउँछन् कि अबको लडाइँ केवल सडकमा नाराबाजी गर्ने होइन, न्यायिक, नीतिगत र सामाजिक सरोकारमा सहभागी हुने स्तरको हुनुपर्छ भन्ने चेतना फैलिँदो छ।
चेतनाको लडाइँ अझै बाँकी छ। यद्यपि जेनजी पुस्तामा चेतना र साहस छ, तर सफलताको मार्ग सहज भने छैन। यद्यपि जेनजीमा चेतना छ, उनीहरू सशक्त अभियानकारी बन्न अझ धेरै चुनौती पार गर्नुपर्नेछ। सत्ता संरचनामा युवाको पहुँच अझै सीमित छ भने मौलिक सुधारको मागलाई ुराजनीतिक एजेन्डाु भनेर बाइपास गर्ने प्रवृत्ति कायमै छ। डिजिटल सञ्जालहरूमा झुटा सूचना र नियन्त्रित प्रवृत्तिहरूले वास्तविक मुद्दालाई ओझेलमा पार्न खोजिरहेका छन्।
यसका बाबजुद पनि यो पुस्ता शिक्षा प्रणालीमा सुधार, न्याय प्रणालीमा शीघ्रता, डिजिटल पहुँचमा समानता तथा साइबर सुरक्षाको सुनिश्चितताका लागि लडिरहेको छ। राजनीतिक दलहरूले युवालाई उपयोग गर्ने होइन, अवसर दिने संस्कारको विकास गर्नुपर्छ। उनीहरूको अभियानलाई सशक्त बनाउन राज्य, समाज र अन्य पुस्ताको पनि साथ आवश्यक छ। जेनजी पुस्ताको अभियानलाई दीर्घकालीन सफलतातर्फ डोर्याउन संविधानमा सुनिश्चित नागरिक अधिकारको व्यवहारिक कार्यान्वयन र राजनीतिक इच्छाशक्ति दुवै अनिवार्य छन्।
जेनजी पुस्ताको अपेक्षा के हो त ?
१. पारदर्शिता र जवाफदेहिता
जेनजीको मुख्य अपेक्षा भनेको सरकार र सार्वजनिक संस्थाहरू खुला, स्पष्ट र जवाफदेही होउन् भन्ने हो। ‘जनताको पैसा कहाँ खर्च भयोरुु भन्ने प्रश्न उनीहरूले खुला रूपमा सोध्न चाहन्छन्। सरकारी निर्णय, बजेट, सार्वजनिक खरिद, नियुक्ति आदि कुराहरूमा सही समयमा सूचना प्रवाह र खुलापन चाहन्छन् भने अनलाइनबाटै सेवाहरू सजिलै उपलब्ध होस् भन्ने उनीहरूको चाहना छ। ‘भएजस्तो काम होस्, भएन भने जवाफ दिन तयार होस्’, यही हो जेनजीको सोच र खोजेको पनि। सरकार, पालिका, मन्त्री, प्रमुख वा सरकारी कर्मचारी जो–कोहीले पनि जनताप्रति जिम्मेवार हुनुपर्छ भन्ने उनीहरूको अपेक्षा हो।
२. प्रविधिमैत्री सेवा र शासन प्रणाली
जेनजी पुस्ता प्रविधिमा हुर्किएको पुस्ता हो। जेनजी पुस्ताले सरकारी सेवाहरू स्मार्टफोन वा इन्टरनेटमार्फत सहजै प्राप्त गर्न चाहन्छ। लाइनमा घण्टौँ बस्नुपर्ने पुरानो शैली अस्वीकार्य लाग्छ। फाइल पिच्छे फर्म भर्नुपर्ने तथा सेवाको जानकारी नपाउनु जस्ता विषय सबै पुराना रोग जस्ता लाग्छन्। त्यसैले उनीहरूको अपेक्षा छ, अनलाइन फर्म, इ–पेमेन्ट, डिजिटल ट्र्याकिङ प्रणाली, मोबाइल एपहरूबाट सरकारी सेवा प्राप्त गर्न सकिने अवस्था बनोस्।
३. योग्यतामा आधारित अवसर प्रणाली
राजनीतिक पहुँच, सिफारिस र भ्रष्टाचारको माध्यमबाट पद, जागिर वा सुविधा पाउने प्रवृत्ति जेनजीलाई अस्वीकार्य छ। यो पुस्ता पहुँच, चाकडी वा राजनीतिक नाताले होइन, योग्यता र क्षमताका आधारमा अवसर प्राप्त हुने प्रणालीको अपेक्षा गर्छ। योग्यता र क्षमताअनुसार अवसर मिलोस्, छात्रवृत्ति, रोजगारी, पदोन्नतिमा निष्पक्षता होस्, सार्वजनिक परीक्षा प्रणाली भरपर्दो होस् भन्ने छ। यो पुस्ता शिक्षा, रोजगार, पुरस्कार वा छात्रवृत्तिमा समान अवसर आवश्यक ठान्छ।
‘भ्रष्टाचार’ जसले उनीहरूको भविष्यको मार्गमा अनिश्चितताको कुहिरो फैलाएको छ ।
४. भ्रष्टाचार विरुद्ध शून्य सहिष्णुता
भ्रष्टाचार कुनै सानो गल्ती होइन, त्यो राष्ट्रघात हो भन्ने बुझाइ जेनजीको छ। उनीहरू भ्रष्टाचारको मामिलामा शून्य सहिष्णुता नीति चाहन्छन्। भ्रष्टाचार गर्ने जो–कोहीलाई कारबाही होस्, तर बिना पक्षपात। कानुन सबैका लागि बराबर होस् भन्ने सुनिश्चितता चाहन्छन् भने कसैको पनि पद, हैसियत वा सम्बन्ध हेरेर भ्रष्टाचार ढाकछोप गरियो भने त्यो जेनजीका लागि अस्वीकार्य हुन्छ।
५. युवाको आवाज सुन्ने र सहभागी बनाउने व्यवस्था
जेनजी केवल भीडको हिस्सा बन्न चाहँदैन, उनीहरू निर्णय प्रक्रियाको हिस्सा बन्न चाहन्छन्। नागरिकको सुझावलाई सुन्ने र विचार गर्ने व्यवस्था होस्। नीति निर्माण प्रक्रियामा युवाहरूको प्रतिनिधित्व होस्। स्थानीय तहदेखि सङ्घीय तहसम्म उनीहरूको निर्णय निर्माणमा समावेशी उपस्थिति होस्। नीति निर्माण, बजेट छलफल, विकास योजना आदिमा युवाको विचार समावेश गरियोस् भन्ने अपेक्षा उनीहरुको छ।
६. सदाचारयुक्त सार्वजनिक नेतृत्व र नैतिकता
जेनजी नेता वा संस्थाबाट केवल नारा होइन, व्यवहारमा नैतिकता देख्न चाहन्छन्। सार्वजनिक पदधारीहरूमा इमानदारी, नम्रता, पारदर्शिता र जनप्रतिबद्धता अपेक्षित हुन्छ। ‘बोलेजस्तो काम गरोस्’ भन्ने विश्वास उनीहरूको मूल मापदण्ड हो। सदाचार भनेको, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, पदको दुरुपयोग नगर्नु र सादा जीवन, स्पष्ट दृष्टिकोण र जनउत्तरदायित्व हो। राजनीतिक नेताहरूबाट केवल भाषण होइन, जीवनशैली र कार्यशैलीमा नैतिकता देख्न चाहन्छन् उनीहरू।
७. समाजमुखी र भावी पुस्ता–केन्द्रित नीति
उनीहरूले दिगो विकास, वातावरण संरक्षण, शिक्षा सुधार, साइबर सुरक्षाको प्रत्याभूति जस्ता विषयहरूलाई सुशासनसँग जोडेर हेर्छन्। उनीहरू केवल वर्तमान होइन, भविष्य उन्मुख नीति चाहन्छन्।
किन विशेष छ यो पुस्ता ? यो पुस्तासँग इन्टरनेट, मोबाइल एप्स, डिजिटल स्रोत र सामाजिक सञ्जालको सहज पहुँच छ। भावना भन्दा बढी उनीहरू तथ्यमा–आधारित सोच तथा डेटा र प्रमाणलाई आधार मान्छन्। साथै, उनीहरूले विश्वभरको सुशासन अभ्यास हेरिरहेका छन्, जस्तै फिनल्यान्ड, नर्वे, जापान, न्युजिल्यान्ड आदिको उदाहरणबाट पनि यस पुस्ता प्रेरित छ। अन्याय देख्दा चुप बस्दैन, आन्दोलनशीलता पनि छ। चाहे त्यो न्यायका लागि होस् वा भ्रष्टाचार विरुद्धका अभियानकै लागि किन नहोस्।
भ्रष्टाचार विरुद्धको यो लडाइँ केवल एउटा नीतिगत बहस होइन, यो भविष्यको रक्षा गर्ने अभियान हो, र त्यसको अग्रपङ्क्तिमा छन्– जेनजी। उनीहरू आफ्ना सपना बेच्न तयार छैनन्, उनीहरू त परिवर्तनको वाहक बन्न आतुर छन्। नेपालमा पनि परिवर्तन सम्भव छ, यदि जेनजी पुस्ताले निरन्तर सचेत, सङ्गठित र सक्रिय भई भ्रष्टाचारका विरुद्ध बोलिरह्यो भने, अब समय आएको छ, जब सम्पूर्ण समाजले यो पुस्तालाई साथ दिँदै भन्नुपर्छ, ‘भ्रष्टाचार छैन भविष्यको हिस्सा, जेनजीको मार्ग हो पारदर्शिता।’
भ्रष्टाचारले एउटा समाजको मेरुदण्डलाई नै कमजोर बनाउँछ, जब कुनै राष्ट्रको युवा पुस्ता यसविरुद्ध बोल्न थाल्छ, त्यो समाजको पुनर्जागरणको सङ्केत हो। नेपालमा जेनजी पुस्ता अहिले स्वतःस्फूर्त भ्रष्टाचारविरुद्ध सचेत हुँदैछ, सङ्गठित हुँदैछ र प्रतिरोध गर्दैछ। उनीहरूको यो अभियान केवल व्यक्तिगत अवसरको खोजी होइन, समान, पारदर्शी र न्याययुक्त समाज निर्माणतर्फको सार्थक कदम हो।
अबको आवश्यकता यिनै युवाहरूको स्वरलाई सुनिने बनाउने, उनीहरूको नेतृत्वलाई अवसर दिने र भ्रष्टाचारमुक्त भविष्य निर्माणमा सबै पुस्ताको साझा सङ्कल्प बनाउने हो। जेनजी पुस्ताको अपेक्षा केवल सपना होइन, व्यवहारमा देख्न खोजिएको सम्भावना हो। यस पुस्ताको सुशासन र सदाचारप्रतिको अपेक्षा केवल भाषण होइन, कार्यान्वयनमा आधारित छ। उनीहरूलाई मात्र परिवर्तनको बोझ थोपर्ने होइन, सिङ्गो समाजले उनीहरूलाई सुनुवाइ, सहभागिता र सम्मान दिनुपर्छ। नेपालमा सुशासन र सदाचारको आधारमा भविष्य निर्माण गर्नुछ भने, हामीले अब जेनजी पुस्ताको आवाज बुझ्नैपर्छ, उनीहरूको सोचलाई नीति बनाउँदै लैजानैपर्छ र उनीहरूको सक्रिय सहभागितालाई देशको मूल शक्ति बनाउनु पर्छ।
जेनजी पुस्ता सजग छ, सूचना पाउँछ र आलोचनात्मक सोच पनि राख्छ। ‘पारदर्शी शासन, समावेशी सेवा र नैतिकवान नेतृत्व नभएसम्म उनीहरूको सन्तुष्टि हुँदैन। ‘यो पुस्ताले आज प्रतिरोध गरिरहेको छ, भोलि नेतृत्व गर्ने तयारीमा छ। यदि नेपालमा सुशासन कायम गर्ने नै हो भने, जेनजीको आवाज सुन्ने मात्र होइन, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनु अहिलेको माग र अत्यावश्यक दुवै हो।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया