जेन जीको आन्दोलन चर्केपछि पोखरामा निषेधाज्ञा

पोखरा । जेन जीको आन्दोलन चर्कंदै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा निषेधाज्ञा जारी गरेको छ ।
प्रहरी घेराभित्र रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोडका साथै आगजनी प्रयास भएपछि सहिदचोक आसपासमा निषेधाज्ञा आदेश जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा हस्ताक्षरित सूचनाअनुसार, २०८२ असार २३ गते दिउँसो २ बजेदेखि लागु हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा (एक) बमोजिम निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा जारी गरिएका क्षेत्रहरू निम्न छन्:
१. सहिदचोक आसपासका क्षेत्र:
- पूर्वतर्फ: वाइचोक (उत्तर पूर्वतर्फ मिलनचोक)
- पश्चिमतर्फ: फिस्टेल गेट (बैदाम )
- उत्तरतर्फ: मालपोत कार्यालय, कास्की
- दक्षिणतर्फ: राष्ट्रबैंक चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि, ड्यामसाइड)
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत धेरैजसो सरकारी कार्यालय रहेको स्थानको सुरक्षाका लागि कर्फ्यु लगाइएको हो ।
यो आदेश प्रतिकूल हुने गरी कुनै पनि प्रकारका भेला जम्मा भई आमसभा, धर्ना, घेराव, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने कार्यालयले जनाएको छ। यदि कसैले यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ। यो कदम शान्ति सुरक्षा कायम राख्न र कुनै पनि प्रतिकूल अवस्था सिर्जना हुन नदिनका लागि चालिएको हो।
- यसअघि समाचारमा प्रयोग भएको कर्फ्यु शब्दको सट्टा निषेधाज्ञा प्रयोग गरी सच्च्याएका छौं ।









निर्वाचन आउन ८१ दिन बाँकी : देशव्यापी माहोल तात्यो, दलहरू उम्मेदवार छनोट र सभामा व्यस्त
लेखक संघ गण्डकीको अध्यक्षमा दीपक समीप
जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया