गण्डकी प्रदेश सभा सचिव पौडेलले सम्हाले कार्यभार

समाधान संवाददाता २०८२ भदौ २३ गते १७:२६

पोखरा ।

Advertisement

गण्डकी प्रदेश सभा सचिवालयको सचिवमा नियुक्त अधिवक्ता गोविन्द पौडेलले शपथसँगै आइतबार पदभार ग्रहण गरेका छन् । सभामुख कृष्णप्रसाद धितालको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई सोमबारै नियुक्त गरेका थिए । नियुक्त लगत्तै उनलाई सभामुख धितालले पद तथा गोपनियताको शपथ गराए । त्यसपछि उनले पदभार ग्रहण गरेका हुन् ।

नेपालको संविधान धारा १९५ को प्रावधान अनुसार भट्टले उनलाई नियुक्त गरेका हुन् । तलब तथा सुविधा भने प्रदेश कानुन अनुसार तय हुने संविधानमै उल्लेख छ । त्यसै अनुसार २०७७ मा प्रदेश सभा ऐन पारित भएपछि सचिव नियुक्ति गरिएको थियो । त्यसअघि कर्मचारीले नै सचिवको काम गर्दै आएका थिए ।

Advertisement

कास्कीको भलामा घर भएका अधिवक्ता पौडेलको नाम अघिल्लो कार्यकालमा पनि प्रदेश सभा सचिवका लागि चर्चामा थियो । उनी माओवादी निकट क्रान्तिकारी कानुन व्यवसायी संगठनसँग आबद्ध थिए ।

त्रिभुवन विश्वविद्यालयबाट कानुन र राजनीति शास्त्रमा स्नातकोत्तर उनी कानुन व्यवसायका अतिरिक्त पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत थिए ।

Advertisement

संघीयता सुदृढीकरणमा प्रदेश सभा सचिवको हैसियतमा निर्वाह गर्नुपर्ने कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । सभामुख र उपसभामुखकाे सल्लाह र कर्मचारीको सहयोग लिएर प्रदेश सभाका काम कारवाही अझ प्रभावकारी बनाउने प्रतिबद्धता उनले जनाए ।

तपाईको प्रतिक्रिया