कास्की कारागारबाट लुटिएका हतियार बरामद
समाधान संवाददाता
२०८२ भदौ २५ गते ११:५२

पाेखरा ।
नेपाली सेनालेकास्की कारागारबाट लुटिएका हातहतियार बरामद गरेको छ । पाेखरा र काठमाडौंबाट विभिन्न किसिमका हतियार एवं गोलीगठ्ठा बरामद गरिएको हो ।
सेनाले बुधबार बिहान विज्ञप्ति निकालेर बरामद हतियारबारे जानकारी गराएको हो । काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको सूचना जारी गरिएको छ ।
त्यस्तै विभिन्न ठाउँमा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ परेका छन् । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।
भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


सम्बन्धित








निर्वाचन आउन ८१ दिन बाँकी : देशव्यापी माहोल तात्यो, दलहरू उम्मेदवार छनोट र सभामा व्यस्त
लेखक संघ गण्डकीको अध्यक्षमा दीपक समीप
जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया