पोखरामा प्रदर्शनकारीले जलाएकाे घरमा महिलाको शव फेला
समाधान संवाददाता
२०८२ भदौ २५ गते १२:५६

पोखरा ।
पोखराको नयाँबजारमा मंगलबार राति भएको आगजनीपछि ध्रुव थापाको घरभित्र एक महिलाको शव फेला परेको छ। नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष थापाको जलेको घरमा एक महिलाको शव फेला परेको हाे ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री तथा व्यवसायी बिन्दुकुमार थापा र उनका भाइ ध्रुव थापाका घर तथा व्यापारिक प्रतिष्ठानमा प्रदर्शनकारीले आगो लगाएका थिए। सोही क्रममा नयाँबजारस्थित ध्रुव थापाको घर भाडामा लिएर सञ्चालन गरिएको अटो शोरूम पनि जलेको थियो।
प्रहरीका अनुसार उक्त शोरूममा काम गर्ने एक महिला कर्मचारीको जलेको अवस्थामा शव फेला परेको हो।
मंगलबार राति भाटभटेनी सुपरमार्केटमा पनि आगजनी गरिएको थियो। आगलागीको घटनामा मानवीय क्षति भएको आशंका गरिएपछि प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन्।
सम्बन्धित









पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया