त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा, राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सुचारु

समाधान संवाददाता २०८२ भदौ २५ गते १६:०४

पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ।
विमानस्थल सुरक्षा समितिको बैठकले मंगलबार दिउँसोदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

यसअघि उपत्यकामा जारी निषेधाज्ञा, विषम परिस्थिति र उडान मार्ग वरपर देखिएको धुँवाले सुरक्षामा असर पुर्‍याउने भन्दै विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको थियो।

बन्दको समयमा यात्रुवर्गलाई वायुसेवा कम्पनीसँग सम्पर्कमा रहन अनुरोध गरिएको थियो।
हाल विमानस्थल सञ्चालनमा आएसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै उडान पुनः सुचारु भएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया