पर्यटक आवागमनमा सहजीकरण गर्न होटल संघ नेपालको आह्वान

काठमाडौँ । होटल संघ नेपालले पर्यटकलाई आवागमनमा सहजीकरण गर्न आह्वान गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्यटकमैत्री वातावरण सृजना गरी अलपत्र यात्रुको सहज व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरूको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सम्बन्धित सबैबाट यथोचित पहल हुनुपर्ने होटल संघ नेपालको आह्वान छ ।’
संघले नेपाल पर्यटन बोर्ड तथा नेपाली सेनासँगको सहकार्य र संयोजनमा प्रभावित पर्यटकको उपयुक्त व्यवस्थापन एवं सहजीकरणमा काम भइरहेको जनाएको छ । साथै, अलपत्र परेका पर्यटकलाई होटल आवश्यक परेमा संघको हटलाइन नम्बर ९८५१०३१४९५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
संघले आसन्न चाडपर्व र पर्यटकीय याम प्रारम्भ हुने समयमै सिर्जित चुनौतीपूर्ण परिस्थितिबाट नेपालमा रहेका तथा आउने पर्यटकलाई सहज व्यवस्थापन गर्नु जरुरी भएको बताएको छ । यसमा सम्बन्धित सबैको प्राथमिकता र पहल भएमा हालै देखिएको अत्यधिक तथा अप्रत्याशित ‘क्यान्सिलेसन’ रोक्न मद्दत पुग्ने उल्लेख गरिएको छ ।









आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया