नयाँबजारमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्याे

समाधान संवाददाता २०८२ भदौ २६ गते १३:४१

पाेखरा ।

पोखराको नयाँबजारमा जलेको अवस्थामा भएको शवको पहिचान खुलेको छ। सिन्धुपाल्चोककी अन्दाजी ३५ वर्षीय सञ्जु नगरकोटीको शव रहेको कास्की प्रहरीले जनाएको छ।

उनकाे मंगलबार प्रदर्शनकारीले लगाएको आगोमा जलेर मृत्यु भएको पनि प्रहरीले जनाएको छ।

Advertisement

सञ्जु गत असार १ गतेदेखि मात्र उक्त सोरूममा काम थालेकी थिइन्। त्यसअघि उनी घरेलु कामदारका रूपमा काम गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ।

प्रदर्शनकारीले गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाका भाइ ध्रुब थापाले नयाँ बजारमा चलाएको अटो सोरूममा मंगलबार आगजनी गरेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया