राजनीतिक दलले आम नागरिक सामु क्षमायाचना गर्नुपर्छ

फेसबुकमा अहिले धेरै अमूल्य सुझाव आएको छ । यस्तो विषम परिस्थिति किन आयो भन्नेबारे जिम्मेवार राजनीतिक दलले आम नागरिक सामु क्षमायाचना गर्नुपर्छ । परिवर्तनपछि हामी कहाँ–कहाँ चुक्यौँ भन्ने विषयमा गम्भीर समीक्षा गरेर अगाडि नबढ्ने हो भने राजनीतिक दलको भविष्य देखिँदैन ।
मेरो विचारमा हाम्रो माउ पार्टीले निम्न गल्ती गरेको कारण आजको परिस्थिति आएको होः
१- राजनीति र पदलाई भ्रष्टाचार गर्ने माध्यम बनायौँ ।
२- आफ्नै दलभित्र लोकतान्त्रिक पद्वती अवलम्बन गर्न सकेनौँ । दलभित्र गुट उपगुट चलाएर इमानदार र त्यागी कार्यकर्तालाई पाखा लगायौँ । व्यक्ति इमानदार छ कि छैन भन्ने होइन, मेरो गुटको हुक्के आसपासे हो कि होइन भन्ने मात्रै हेर्ने प्रवृत्ति रह्यो ।
३- कार्यकर्तामा आलोचनात्मक चेत हराउँदै नेताको चाकडी प्रवृत्ति मात्र बाँकी रह्यो ।
४- राजनीतिक दलका नेताले नीति होइन, हुकुमप्रमाणी गरेर पार्टी चलाउन रमाए । आफ्नै इच्छाअनुसार विधान बनाउने र चलाउने प्रवृत्ति चलिरह्यो ।
५- चुनाव जित्ने नाममा अपराधी र समाजमा अस्वीकृत पात्रलाई टिकट दिने गरियो । एउटै व्यक्तिले जीवनभर पद समातिरहने गलत पद्वती रहिरह्यो ।
६- हरेक क्षेत्रमा राजनीतिकरण गरियो जसका कारण इमानदार र योग्य व्यक्तिले कहीँ अवसर पाएनन् ।
७- आम नागरिकको आधारभूत आवश्यकताप्रति ध्यान गएन । राजनीतिक दलहरू सत्ता हत्याउने र फाल्ने समीकरणमा आफ्नो समय र ऊर्जा खर्च गरिरहे ।
८- मुख्य दलका शीर्ष नेताहरू आजन्म दलको अध्यक्ष बन्ने र अन्य व्यक्तिलाई कहिल्यै अवसर नदिने गलत प्रवृत्ति हाबी भयो । नेतालाई देवत्वकरण गरेर अवसर र पद लिने चलन रहिरह्यो ।
९- भुइँ मान्छेको लागि खाना, छाना र नानाको कुनै योजना बनाइएन । युवाहरूको निम्ति रोजगार र अवसरको खोजी गरिएन ।
यस्तै कारणले जेन–जी समुदाय यो आन्दोलन गर्न बाध्य भएको हो । उनीहरूले व्यवस्था परिवर्तन होइन, अवस्था परिवर्तन चाहेका छन् । त्यसैले संविधानको माध्यमबाट निकास निकाल्न राष्ट्रपती र सभामुखले तुरुन्त पहल गर्नुपर्छ । आम नागरिकले पनि नागरिक सरकार निर्माण गर्न जोडदार रूपमा लाग्नुपर्छ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले फेसबुकमार्फत सार्वजनिक गरेको धारणा









चिसोले मुस्ताङ सुनसान
पेन्टिङ पर्यटक लोरा
किन हुन्छ हृदयाघात, के हुन् लक्षण ?
लोकतन्त्र र लोकतान्त्रिक संस्कार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया