राष्ट्रपति पौडेलको अपिल : ‘संविधान बचेको छ, अब चुनाव सफल पारौं’

पोखरा । जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राती पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । कार्कीले पदभार सम्हालेलगत्तै शुक्रबार राति आफ्नो पहिलो कदमस्वरूप संसद् विघटनको सिफारि गरिन् । राष्ट्रपति पौडेलले कार्कीको सिफारिस सदर गर्दै आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा समेत गरेका छन् ।
राष्ट्रपति पौडेलले शनिबार देशवासीका नाममा सन्देश जारी गर्दै संविधान बचेकाले चुनाव सफल पार्न अपिल गरेका छन् । उनले देशको विषम र भयपूर्ण परिस्थितिबाट शान्तिपूर्ण निकास निस्केको बताउँदै आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका हुन् ।
राष्ट्रपति पौडेलले कठिन प्रयासपछि संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र जोगिएको उल्लेख गरेका छन् । उनले भने, ‘६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर जनताले पाएका छन् ।’
राष्ट्रपतिले निर्वाचनलाई संविधानले निर्दिष्ट गरेको मार्गअनुसार सम्पन्न गर्नु आवश्यक भएको भन्दै सबै दल, राज्यका अंग, सरोकारवाला निकाय र नागरिकलाई सकारात्मक योगदान गर्न आग्रह गरे । उनले आगामी फागुन २१ गते हुने चुनावलाई जनताको भरोसा जित्ने खालको बनाउनुपर्नेमा जोड दिँदै, ‘जनता रिझाउने मात्र होइन, आफैंलाई सम्हाल्दै चुनाव सम्पन्न गराउने काममा जुट्नुपर्छ,’ भनेका छन्।
सन्देशमा राष्ट्रपति पौडेलले हालको संवैधानिक अभ्यासलाई नेपाली जनताको राजनीतिक परिपक्वताको उपज भनेका छन् । कठिन परिस्थितिमा समेत संविधानको रक्षा भएको र लोकतान्त्रिक मूल्य–मान्यताको जग अझ बलियो भएको उल्लेख गर्दै उनले यसलाई आगामी यात्राको आधारशिला बनाउनुपर्ने बताए ।
राष्ट्रपतिको अपिलसँगै निर्वाचन आयोगले पनि तोकिएको मितिभित्र चुनाव सम्पन्न गर्न तयारी अघि बढाइसकेको छ । प्रमुख दलहरूले भने आ–आफ्ना चुनावी योजनाहरू बनाउन थालेका छन् ।







समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया