प्रधानमन्त्री कार्कीद्वारा क्षतिग्रस्त प्रहरी कार्यालयको निरीक्षण

समाधान संवाददाता २०८२ भदौ २९ गते ५:०४

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले भदौ २४ गते आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग कोटेश्वर कार्यालयको शनिबार अनुगमन गरेकी हुन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार प्रधानमन्त्रीलाई घटनाबारे जानकारी दिइएको र त्यस क्रममा उनले उच्च मनोबलका साथ काममा फर्कन आग्रह गरिन् ।

Advertisement

जेन–जी आन्दोलनका क्रममा उपत्यका प्रहरी कार्यालय मातहतका अधिकांश प्रहरी कार्यालय जलेका छन् । प्रधानमन्त्रीसँगै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च प्रहरी अधिकारी सहभागी रहेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया