चाडपर्वमा यातायात सहज बनाउन उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौँ । सरकारले वर्तमान परिस्थिति तथा चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन, साथै प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्ने र छबुँदे निर्णय गर्ने निर्णय गरेको हो ।
समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षसहित सरोकारवाला प्रतिनिधि सहभागी हुनेछन् ।
बैठकले चाडपर्वका दिन उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच गर्ने र आवश्यकताअनुसार यात्रु सहायता कक्ष निर्माण गर्ने निर्णय पनि गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
उनका अनुसार, बैठकले वर्तमान परिस्थिति तथा चाडपर्वमा उपत्यकाबाट बाहिरिने यात्रु सहजै गन्तव्यसम्म पुग्न सक्ने गरी यातायात व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन र कार्यालयको यकिन गरी क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने, ट्राफिक प्रहरीलाई आवश्यक सामग्री मन्त्रालय र सडक सुरक्षा परिषद्ले उपलब्ध गराउने निर्णयसमेत भएको छ ।
यसबाहेक, आन्दोलनका क्रममा लुटपाट भएका हतियारलगायत सामग्री सवारीसाधनमार्फत ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय भएको सिटौलाले जानकारी दिए ।








जेन्जी आन्दोलनका क्रममा मारिएका प्रहरी अमृतको रुपा घरमा गृहमन्त्री र आइजिपी
कांग्रेसले डाक्यो केन्द्रीय समितिको आकस्मिक बैठक
खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया