पूर्व सचिव मैनाली भन्छन् : प्रधानमन्त्रीमा देखिएको सादगीपन कायम रहनुपर्छ, संक्रमणले प्रदूषित हुनु हुँदैन

काठमाडौँ । पूर्वसचिव उमेश मैनालीले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणको अवसरमा गरिएको सम्बोधनलाई ऐतिहासिक र मार्मिक भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीमा अहिले देखिएको सादगीपन र सरलता निरन्तर कायम रहनुपर्ने र विस्तारै राजनीतिको संक्रमणले प्रदूषित हुन नहुने धारणा व्यक्त गरेका छन् ।
मैनालीले सामाजिक सञ्जालमार्फत लेख्दै प्रधानमन्त्री कार्कीको सम्बोधन ‘सरल, मार्मिक र मन छुने खालको’ भएको उल्लेख गरेका छन् । उनका अनुसार, हरेक ठूला आन्दोलनपछि सरकारको नेतृत्वमा आउनेहरूले लिनुपर्ने प्राथमिक निर्णयहरू प्रायः उस्तै हुन्छन् । तर यसपटकको सम्बोधनमा प्रधानमन्त्रीले ऐतिहासिक संरचनाहरूको पुनर्निर्माणका लागि बाह्य सहयोगमा भर नपरी आफ्नै स्रोतसाधनबाट अघि बढ्ने आव्हान गर्नु विशेष महत्व बोकेको छ ।
‘यी संरचनाहरू मात्र जलेका छैनन्, नेपालीको मन पनि जलिरहेको छ । नेपालले गर्व गर्ने संरचनाहरू खरानी भएको देख्दा हरेक नेपालीको मन रुन्छ,’ मैनालीले लेखेका छन् । उनका अनुसार, यस्तो कठिन घडीमा प्रधानमन्त्रीको सम्बोधनले नेपाली समाजमा ‘भावनात्मक पूँजी’ निर्माण गर्ने सामर्थ्य राख्छ ।
इतिहास स्मरण गर्दै उनले विसं २०३० सालमा सिंहदरबारमा भएको आगलागीपछि तत्कालीन प्रधानपञ्चहरूले प्रत्येक घरधुरीबाट १० रुपैयाँ संकलन गरी पुनर्निर्माण कोषमा पठाएको उदाहरण दिए । त्यस्तै परम्परा अहिले पनि सम्भव हुने उल्लेख गर्दै उनले भनेका छन्, ‘प्रधानमन्त्रीले सबै कर्मचारी र नेपाली जनतालाई आव्हान गर्नुभयो भने यी संरचनाहरू फेरि उठ्नेछन् ।’
तर उनले चेतावनी पनि जोडेका छन्— ‘प्रधानमन्त्रीमा अहिले देखिएको सादगीपन र सरलता कायम रहनुपर्छ । विस्तारै राजनीतिको संक्रमणले प्रदूषित हुनु भएन ।’
सम्बोधनले जनमानसमा सकारात्मक सन्देश पुगेको बताउँदै मैनालीले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति सुरक्षा कायम गर्न र तोकिएको कार्यभार समयमै सम्पन्न गर्न शुभकामना दिएका छन् ।








चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
पर्वतीय महोत्सव र जलवायु संकट
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया