घर र व्यावसायिक थलो जलेर ध्वस्त भएपछि मन्त्री थापाका छोराको नाममा नक्कली आईडीमार्फत ठगीधन्दा

पोखरा ।
जेन–जी आन्दोलनका क्रममा घरदेखि व्यावसायिक प्रतिष्ठानसम्म जलेर ध्वस्त भएका गण्डकीका सामाजिक विकास मन्त्री बिन्दु थापा र उनका भाइ ध्रुव थापाको परिवार अहिले फेरि अर्को तनावमा परेका छन् ।
भारी पीडाको बीचमा ठगहरुको समूहले थापा परिवारका सदस्यहरूको नाममा नक्कली फेसबुक आईडी बनाएर विभिन्न व्यक्तिहरूसँग सहयोग रकम माग्दै ठगी कार्य थालेको खुलासा भएको छ । थापाद्वयले सामाजिक सञ्जालमार्फत हार्दिक अपिल गर्दै भनेका छन्, “हाम्रो वा हाम्रो परिवारको कसैको नामबाट कुनै माध्यमद्वारा सहयोग रकम मागिएको पाइए तत्काल प्रहरीलाई जानकारी गरिदिनुहोस् ।”
उनीहरूले प्रहरीले केही संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाही अघि बढाइसकेको पनि जनाएका छन् ।
कसरी भयो ठगी प्रयास ?
घर र रिसोर्ट जलाइएको भोलिपल्टै मन्त्री थापाका छोरा सौगात थापाको नाममा नक्कली फेसबुक आईडी बनाइयो । त्यसमार्फत आफू ठूलो समस्यामा परेको भन्दै विभिन्न व्यक्तिहरूसँग रकम मागियो ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले उक्त आईडीमार्फत एक लाख रुपैयाँ मागिएको भन्दै फेसबुकमै जानकारी दिइन् । त्यसपछि अरु धेरै व्यक्तिहरूले पनि त्यस्तै किसिमले रकम मागिएको विषय सार्वजनिक गरेका थिए ।
यसै क्रममा पोखरा ट्रेड मलमा व्यवसाय गर्नेहरुसँग पनि नक्कली आईडीमार्फत रकम असुल्ने प्रयास भयो । एक व्यापारीलाई नगदमै रकम लिन बोलाइएपछि उनले प्रहरीलाई खबर गरे । त्यसै क्रममा प्रहरीले नगद लिन पुगेका ४ जनालाई पक्राउ गर्यो ।
पक्राउ परेका चार जनामाथि अनुसन्धान
पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल–८ का विवेक गुरुङ (२८), पोखरा–२९ का बुद्ध गुरुङ (२७), पोखरा–५ का मीनराज तामाङ (३७) र पोखरा–१७ का दीपक ढकाल (४०) छन् ।
प्रहरीका अनुसार उनीहरूसँग लुटपाटमा प्रयोग हुने धारिलो हतियारसमेत भेटिएको छ । विवेक गुरुङको साथबाट विभिन्न दरका १ लाख २२ हजार रुपैयाँ र दापसहितको धारिलो तरबार बरामद गरिएको छ भने बुद्ध गुरुङको साथबाट फलामको स्टिक बरामद गरिएको छ । उनीहरूले नक्कली आईडीमार्फत मात्र नभई अन्य स्थानमा हातहतियार देखाएर रकम असुली गरेको सूचना पनि हामीलाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।








जेन्जी आन्दोलनका क्रममा मारिएका प्रहरी अमृतको रुपा घरमा गृहमन्त्री र आइजिपी
कांग्रेसले डाक्यो केन्द्रीय समितिको आकस्मिक बैठक
खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया